प्रदेश

एमालेको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित




काठमाण्डौ, ३१ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभाको आज मङ्गलवारको बैठक स्थगित गरिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउँदा बाहिरी मानिसले राजस्वको दर हेरफेर गरेको आरोपबारे छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्दै एमालेले संसद् बैठक अवरोध गरेको हो । एमाले प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गर्नुभयो । त्यसपछि एमालेका सांसदहरू आफ्नो ठाउँबाट उठेर संसदमा अवरोध गरे । एमालेका सांसदहरूले अर्थमन्त्री शर्माको राजीनामा पनि मागेका छन् ।

एमाले सांसदहरूले उठेर विरोध गरिरहेपछि सभामुख अग्निप्रसाद सापकोटाले भोलि बुधवार बिहान ११ बजेसम्मका लागि संसद् बैठक स्थगित गर्नुभएको हो ।

प्रकाशित : ३१ जेष्ठ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६