काठमाण्डाै, ०१असार । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकारले नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोजेको टिप्पणी गर्नुभएको छ ।
अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौतामा हस्ताक्षर गर्न खोजेर सरकारले देशलाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोजेको बताउनुभएको हो । यस्तो काम कुनै हालतमा स्वीकार्य नहुने र आफूहरुले त्यो कुरा हुन नदिने पनि उहाँको भनाइ छ ।
शक्ति राष्ट्रहरुका स्वार्थ र रणनीतिको साझेदार नेपाललाई बन्न दिन नहुनेमा उहाँले जोड दिनुभयो ।
प्रतिक्रिया