प्रदेश

दाङमा अपाङ्गता भएकी युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ




दाङ, ०४ असार । दाङको तुलसीपुरमा अपाङ्गता भएकी एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा न ९ का ३० वर्षका कमल चौधरी र २४ वर्षका शङ्कर विक रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

असार २ गते राति सशस्त्र प्रहरी बेस क्याम्पको पछाडि रहेको गणेश चन्दको घरमा अपाङ्गता भएकी युवतीमाथि सामूहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिनुभयो।

बलात्कारमा संलग्न रहेका तुलसीपुर उपमहानगरपालिका–९ का अर्जुन विक र अर्जुन नेपाली फरार रहेका छन् । दुवै जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्नमध्ये ३ जनाले सामूहिक बलात्कार गरेको र कमल चौधरीले युवतीलाई बोलाउने काम गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका विरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ता भएको छ ।

प्रकाशित : ४ असार २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६