खोज–अनुसन्धान

अभिभावक विहिन २ सय बालबालिकाहरुलाई १० लाख छात्रबृत्ति




कपिलवस्तु १९ असार।कपिलवस्तुका विभिन्न विद्यालयमा अध्ययनरत २ सय टुहुरा बाल बालिकाहरुलाई १० लाख बढी छात्रवृत्ति बाडिएको छ । हेल्पीङ ह्यान्डको सहयोगमा ह्युमन रिलिफ अर्गनाईजेशनले कपिलवस्तु नगरपालिकाको पहेचहरा र शिवराज नगरपालिकाको चन्द्रौटा गरि उनीहरुलाई छात्रवृत्ति उपलब्ध गराएको हो । छात्रबृत्ति सहीत उनीहरुलाई स्कुल ब्याग, कापी कलम लगातयका सामाग्री समेत उपलब्ध गराइएको हो ।
बालबालिकालाई ५ हजारका दरले छात्रवृत्ति बाँडिएको अर्गनाईजेशनका उपाध्यक्ष ताहिर महमूदले बताए । पचेहरामा १ सय १ र चन्द्रौटामा ९९ जना बालबालिकालाई छात्रबृत्ति बाडिएको हो । टुहुरा बनेका बालबालिकालाई अध्ययनमा सहयोग गर्ने हेतुले आफूहरुले छात्रवृत्ति सहयोग गर्दै आएको उनले बताए । लागि यस्तो सहयोग गरेको बताए । हैल्पीङ हेन्डले टुहुरा बालबालिका हरुलाई छात्रवृत्ति, विद्यालयहरुमा फिल्टर टंकी निर्माण, स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्री बितरण, आयआर्जन लगायतका कार्यक्रम गर्दै आएको बताए ।
टुहुरा बालबालिकाहरुलाई म्यानेजर पोख्रेल र अर्गनाईजेशनका उपाध्यक्ष महमूदले छात्रवृत्ति हस्तान्तरण गरेका थिए । छात्रवृत्ति पाए पछि बालबालिकाहरु दंग परेका छन । कार्यक्रम संयोजक सद्दाम हुसेनले आफुहरुले अध्ययनमा निरन्तरता र सहजातकालागि आमाबुवा गुमाएका बेसाहारा बाल बालिकालार्इृ यस्तो सहयोग गर्दै आएको बताए ।

प्रकाशित : १९ असार २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६