अन्तर्राष्ट्रिय

इङ्ल्यान्डसँगको पहिलो टी–२० क्रिकेट भारतले जित्यो




असार २४ काठमान्डौ ।
इङ्ल्यान्डसँगको पहिलो टी–२० क्रिकेट भारतले जितेको छ । साउथह्याम्प्टनमा आज बिहान सकिएको खेलमा भारतले इङ्ल्यान्डलाई ५० रनले हरायो । भारतले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ३ बल बाँकी छँदै १ सय ४८ रनमा अलआउट भयो । इङ्ल्यान्डका मोइन अलीले सर्वाधिक ३६ रन बनाए । बलिङतर्फ भारतका हार्दिक पाण्ड्याले ४ तथा असर्दीप सिंह र यजुवेन्द्र चहालले २÷२ विकेट लिए ।
यसघि टस जितेर ब्याटिङ गरेको भारतका लागि हार्दिक पाण्ड्याले ५१ रन बनाए । भारतका अरु ब्याट्सम्यानले पनि आक्रामक ब्याटिङ गरे । यी दुई देशबीच ३ खेलको टी–२० र ३ खेलको एक दिवसीय श्रृङ्खला हुँदैछ । यसअघि सकिएको पाँचौँ टेस्ट क्रिकेटमा इङ्ल्यान्डले ३ सय ७८ रनको लक्ष्य पूरा गर्दै आफ्नो टेस्ट इतिहासमा सबैभन्दा धेरै रनको लक्ष्य पूरा गर्ने रेकर्ड बनाएको छ ।

प्रकाशित : २४ असार २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६