अन्तर्राष्ट्रिय

स्पेनिस रफायल नाडाल विम्बल्डन टेनिसको सेमिफाइनल नखेल्ने




असार २४
काठमाण्डौ – स्पेनिस रफायल नाडाल विम्बल्डन टेनिसको सेमिफाइनल नखेल्ने भएका छन् । क्वाटरफाइनलको खेलका क्रममा घाइते भएका नाडालले निको नभएपछि सेमिफाइनल नखेल्ने घोषणा गरेका बीबीसीले जनाएको छ । उनले सेमिफाइनलमा अस्ट्रेलियाका निक किर्गियोससँग खेल्ने तालिका थियो ।
२२ पटकका ग्रान्डस्लाम विजेता नाडालले आफूले निकै प्रयास गरे पनि सेमिफाइनलमा खेल्न असफल भएको र यसले निकै चिन्तित बनाएको बताएका छन् । नाडालले यसै वर्ष अस्ट्रेलियन र फ्रेन्च ओपनको उपाधि जितिसकेका छन् । निकले भने अब उपाधिको लागि पर्सि आइतवार नोभाक जोकोभिच वा क्यामरुन नोरीसँग खेल्नेछन् ।
महिलातर्फ ट्युनिसियाकी ओन्स जाउबेर र कजाकिस्तानकी एलेना रिबाकिना फाइनलमा पुगेका छन् । ट्युनिसियाकी जाउबेरले ग्रान्डस्लामको फाइनलमा पुग्ने पहिलो अरेबियन महिलाको कीर्तिमान समेत बनाएकी छिन् ।
यस्तै, रिबाकिना पनि महिला सिङ्गलतर्फ कुनै पनि मुख्य प्रतियोगिताको फाइनलमा पुग्ने कजाकिस्तानकी पहिलो महिला खेलाडी बनेकी बीबीसीले जनाएको छ ।

प्रकाशित : २४ असार २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६