कपिलवस्तु २५ असार ।नेकपा(एमाले) कपिलवस्तुको जिल्ला कमिटी बैठकले चुनावमा भएको घात अन्तरघात र कार्यकर्ताको ढिलासुस्ती छानविन गर्न ५ सदस्यीय कार्यदल गठन गरेको छ । एमालेका केन्द्रिय नेता गिधारीलाल न्यौपानेको संयोजकत्वमा केन्द्रिय सदस्य शुसिल श्रीवास्तव प्रदेश कमिटीका सदस्य झविलाल पोखरेल, वावुराम आचार्य र जिल्ला प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्वासे रहेको छानविन कार्यदल गठन भएको हो । १५ दिनको म्याद दिइएको उक्त कार्यदलले सबै पालिका भित्र चुनावमा क्रममा पार्टी भित्रवाट भएका कमीकमजोरी र घात अन्तरघातको सत्य तथ्य पत्ता लगाई कारवाही सिफारिस गर्ने कार्यदेश पाएको जिल्ला अध्यक्ष डम्मर शर्माले जानकारी दिनु भयो ।
यता निर्वाचन पछिको उक्त चुनावी समिक्षा बैठकलाई संवोधन गर्दै एकालेको पोलिटब्यूरो सदस्य एवम्. राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले सुखी नेपाली, समृद्ध नेपालको परिकल्पना पुरा गर्न अवको संघ र प्रदेश चुनावमा एमालेले जित्नै पर्ने दावी गर्नु भयो । राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले वैशाख ३० को स्थानिय तहको निर्वाचनमा जनमतका हिसावले एमाले पहिलो शक्तिको रुपमा स्थापित भएको बताउदै देशलाई सही ढंगले संचालनका लागि एमाले सरकार आवश्यक रहेको चर्चा गर्नु भयो । एमाले कपिलवस्तुको पाँचौ पूर्ण वैठकलाई सम्बोधन गर्दै एमालेका केन्द्रिय कमिटी सदस्य, एवम् कृषि, तथा पशु पंक्षि विभाग प्रमुम गिरधारीलाल न्यौपानेले वर्तमान गठबन्धन सरकार योजना विहिन ढंगले अगाडी बढदा राष्ट्रलाई ठूलो क्षती पुगेको आरोप लगाउनु भयो।
वैठकमा एमाले केन्द्रिय कमिटी सदस्य सिराज अहमद फारुकी, केन्द्रिय कमिटी सदस्य, एवम् कपिलवस्तु सहइन्चार्ज शुसिल कुमार श्रीवास्तव, लुम्बिनी प्रदेश सचिवालय सदस्य झविलाल पोख्रेल लगाएतले निर्वाचनका समयमा पार्टीलाई मतदान नगर्ने जो कोही पनि एमाले हुन नसक्ने बताउनु भयो । वैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनका सन्दर्भमा एमाले जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा वैठकमा प्रस्तुत समिक्षात्मक प्रतिवेदन वैठकले अनुमोदन गरेको छ ।
सोही वैठकले स्थानिय तहको निर्वाचनका सन्दर्भमा आएका विभिन्न टिका टिप्पणी, उजुरी, आरोपहरु र पार्टी विरोधी गतिविधीका सन्दर्भमा भएका गतिविधीका बारेमा वास्तविकता बुझनका पाँच सदस्य छानविन समिति बैठकले गठन गरेको छ । वैठक जिल्ला अध्यक्ष डम्मर शर्माको अध्यक्षता, जिल्ला उपाध्यक्ष विश्राम प्रसाद थारुको स्वागत मन्तब्य र सचिव सिवि गहतराजको संचालनमा वैठक सम्पन्न भएको एमाले जिल्ला प्रचार तथा प्रकाशन विभाग कपिलवस्तुले जनाएको छ ।
प्रतिक्रिया