खोज–अनुसन्धान

नागरिकता विद्येक पारित भए ११ लाखले नागरिकता पाउने




काठमाडौं २६ असार । सरकारले प्रतिनिधिसभामा दर्ता गरेको नागरिकता एन संसोधन विधेयक जस्ताको तस्तै पारित हुँदा करिब ११ लाख नागरिकताविहीन नागरिकले नागरिकता पाउने दाबी गरिएको छ । महिला कानुन विकास मन्च (एफडब्लूएलडी)ले गरेको अध्ययनले सो दाबी गरेको हो । एफडब्लूएलडीका कार्यकारी निर्देशक सविना श्रेष्ठका अनुसार एफडब्लूएलडीले आएको नागरिकता विधेयकका प्रावधान र नागरिकताविहीनहरूको समस्या केलाएर अध्ययन गर्दा करिब ११ लाख नागरिकताविहीनले नागरिकता प्राप्त गर्न सक्ने देखिएको छ ।जन्मको आधारमा नागरिकता लिएकाको सन्तानहरूमध्ये पाँच लाख बढी नागरिकता लिन योग्य रहेको, तर कानुन अभावमा नागरिकता लिन नपाइरहेको तथ्यांक एफडब्लूएलडीको अध्ययनमा छ ।

आमाको नामबाट नागरिकता जारी हुँदा (बाबु पहिचान नभएको) नागरिकता लिन योग्य ६ लाख ८० हजारभन्दा बढी रहेको पनि एफडब्लूएलडीको तथ्यांक छ ।जस्ताको तस्तै पारित भए करिब ११ लाखले नागरिकता प्राप्त गर्न सक्ने एफडब्लूएलडीको अनुमान छ । ‘सरकारले फास्ट ट्र्याकमा नागरिकता विधेयक पारित गरे थप ११ लाख नागरिकले मताधिकार प्रयोग गर्न सक्छन्’, एफडब्लूएलडीका कार्यकारी निर्देशक श्रेष्ठले भने ।

प्रकाशित : २६ असार २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६