बुटवल २६ असार । रुपन्देहीमा महिला तथा युवतीहरुका संकास्पद मृत्युका घटना एकपछि अर्को दोहोरिदै जान थालेका छन्। सनिवार विहान मात्रै बुटवलको गोलपार्क होटलमा १६ वर्षिय युवती मृत अवस्थामा फेला परेको २४ घण्टा नबित्दै तिलोत्तमा नगरपालिका ३ ड्राईभरटोलकी २३ वर्षिय अस्मिता चुँदाली मृत अवस्थामा फेला परेकी छन्।सनिवार मध्यान्ह १२ बजेतिर व्यूटीपार्लर जान्छु भन्दै घरबाट हिँडेकी चुँदाली त्यसपछि सम्पर्क विहिन रहेकोमा आईतवार दिउसो १ बजेतिर तिनाउ नदिमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालयका अनुसार सनिवार मध्यान्हदेखि सम्पर्क विहिन रहेकी अस्मिताको शव तिलोत्तमा नगरपालिका वडा नं ६ पश्चिम पहुनी स्थित तिनाउ नदिको बीचमा घोप्टो परेर डुबेको अवस्थामा फेला परेको हो।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर २ माइती भएकी अस्मिताको तिलोत्तमा ३ का अनिल चुँदालीसँग गत बैशाख २६ गते विवाह भएको थियो। विवाह पछि श्रीमान अनिल रोजगारीको लागि भारत गएका छन् भने अस्मिता सासु ससुरासँग बस्दै आएकी थिईन्।अस्मिता सम्पर्क विहिन भएपछि घर परिवारले माईती पक्षलाई सनिवार दिउसो जानकारी दिएको र दुबैतर्फबाट प्रहरीलाई खोजी गरिदिन आग्रह गरेका थिए। घटना थाहा पाएपछि खोजि गर्दै जाँदा आईतवार दिउसो अस्मिताको शव फेला परेको प्रहरीले जनाएको छ।
माईती पक्षले हराएको छोरीको शव उठाउने बेलामा आफुलाई नबोलाएको भन्दै घटना संकास्पद रहेको हुनसक्ने आरोप लगाएका छन्।अस्मिताका बुवा नागेन्द्र कटवालले छोरी हराएको र मृत अवस्थामा फेला परेको जानकारी गराएपनि आफुहरु घटनास्थल नआउदै शवलाई उठाएर पोस्टमार्टमका लागि अस्पताल लगिएकोले घटना शंकास्पद हुनसक्ने बताए। प्रहरीले शवलाई पोष्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको र घटनाबारे थप अनुसन्धान भईरहेको बताएको
प्रतिक्रिया