कपिलवस्तु २८ असार ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईन तौलिहवाको विकासको सारथी बन्न तयार भएको कपिलवस्तु नगरका मेयर सुदिप पौडेलले वताउनु भएको छ। मन्त्रीले नयाँ आर्थिक वर्षमा यहाको विकासमा विशेष योगदान पुराउने प्रतिवद्धता जनाएको पौडेलले वताउनु भयो । कपिलवस्तु नगरपालिकाले तौलिहवामा राखेकोे स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री राईनले सम्पूर्ण सरकारी निकायसँग समन्वय र सहकार्य गरी अघि बढ्ने बताउँदै दीर्घकालीन योजना सरकारको प्राथमिकतामा रहेको जानकारी दिनुभयो ।
बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित सांसदसमेत रहनुभएका नवनियुक्त मन्त्री राईनले नेपालगञ्ज संग रुवरुप मिल्ने तौलिहवाको रुप फेरिने गरी तत्काल योजना कार्यान्वयन गर्न आवश्यक ब्यवस्था मिलाउने वताउनु भयो । कपिलबस्तु नगरपालिकामा भौतिक पूर्वधार तथा यातायात मन्त्री राईन ँ र लुम्बिनी प्रदेश कृषि मंत्री सुमन शर्मा रायमाझीको मेयर, उपमेयर ,वड़ा अध्यक्ष ,कार्यपालिका सदस्य पार्टी कार्यकर्ता र पत्रकार लगायतको उपस्थितीमा मंगलवार स्वागत तथा सम्मान गरिएको हो ।
सो अवसरमा मन्त्री राइनले आउने दिनहरुमा हुलाकी सडक , जिल्लाका अन्य सडकहरूमा मन्त्रालयले यथेष्ट सहयोग गर्ने बताउनु भएको थियो । पहीलेको तुलनामा अहिले कपिलबस्तु नगरपालिकामा धेरै बिकास भई सकेको भन्दै अब आउने दिनमा महीताको अधुरो रोड, बहादुरगंज चौक देखि भिक्षु चौक हुँदै तिलौराकोटसम्म पुग्ने बाटो र बजार क्षेत्रमा लाईट तथा सुन्दरीकरणमा बिशेष ध्यान दिन आफूले गरेको आग्रहलाई स्वीकार गर्दै मन्त्री राइनले ढुक्क हुन आश्वस्त पार्नु भएको मेयर पौडेलले जानकारी दिनु भयो ।
प्रतिक्रिया