अर्थ-वाणिज्य

शिक्षा र स्वास्थ्यमा ब्यापार हुन दिन्नौं : मेयर अर्याल

हरीहरपुरमा आधारभुत स्वास्थ्य केन्द्र



कपिलबस्तु ३० असार । वाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्यालले स्वास्थ्य र शिक्षा व्यापारको रूपमा नभई सेवाको रूपमा जनताको घरदैलोमा पुग्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । आधारभुत स्वास्थ्य केन्द्र वाणगंगा नगरपालिका वडा न. ४ को हरीहरपुरमा सिलन्यास गर्दै गर्दै उहाले सो कुरा बताउनु भएको हो । उहाँले स्वास्थ्य केन्द्रको सिलन्यास गर्दै यस स्वास्थ्य केन्द्रबाट असहाय, गरिब तथा आर्थिक अभावमा परेकालाई समेत सहज रुपमा सेवा पुर्याउन आग्रह गर्नुभएको छ ।
प्रमुख अर्यालले शिक्षा र स्वास्थ्य भनेको प्राथमिक एजेण्डा भएकोले सेवा नै हुनुपर्छ र व्यापार हुनु हुँदैन भन्ने सोचले अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ । स्वास्थ्य र सरसफाइमा नगरले उच्च चासो दिएको बताउँदै यसको लागि नयाँ–नयाँ योजना तथा सल्लाह सुझाव लिएर आउनेसँग सहकार्य गरिने समेत उहाँले बताउनुभयो ।
स्वास्थ्य केन्द्र सिलन्यास कार्यक्रममा वडा न. ४ का वडा अध्यक्ष छवि रेश्मि, वडा न. ४ स्वास्थ्य केन्द्रका सम्पुर्ण कर्मचारी, हरीहरपुरका स्थानिय बासिन्दा लगाएतको सहभागितामा कार्यक्रम सम्पन्न गरीएको गजेहडा स्वास्थ्य चौकिका इन्चार्ज द्रोण बेल्वासेले जानकारी दिनुभयो ।

प्रकाशित : ३० असार २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६