अर्थ-वाणिज्य

सैनामैनामा सुकुम्बासी जग्गा नापजाँच सुरु : बाणगंगामा साउन भित्रै शुरु हुने




रुपन्देही ३१ असार । रुपन्देही जिल्लाको सैनामैना नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न जग्गा नापजाँचको काम सुरु भएको छ । सैनामैना नगरपालिका १ बाट जग्गा नापजाँचको सुरुवात गरिएको छ । सैनामैना नगरपालिका नगर प्रमुख फणेन्द्रप्रसाद शर्माले सैनामैनाका सबै सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने प्रतिवद्धता व्यक्त गरे ।
जनताको सुकुम्बासी समस्या समाधान गर्न संविधानतः सरकारले एक पटकका लागि सबै सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने बताए । मेयर शर्माले हिजो कसले के गरे, के गरेन भन्दा पनि आफूले आफ्नै कार्यकालमा लालपुर्जा आमनागरिक एवम् सर्वसाधारणको हातहातमा थमाउने कुरा व्यक्त गरे ।
आयोगले गर्ने सबै काममा आवश्यक पर्ने सहयोग र सहकार्यका लागि नगरपालिका तयार रहेको बताउँदै सबै राजनीतिक दल, जनप्रतिनिधिहरू, कर्मचारी र स्थानीय नागरिक, पत्रकारहरू सबैले भूमि समस्या समाधान गर्नका लागि भूमिका खेल्न नगर प्रमुख शर्माले आग्रह गरेका छन् ।
एक बित्ता वा एक हातका लागि आपसमा समाजमा नलड्नका लागि पनि उनले आग्रह गरे । जुन ठाउँमा झै–झगडा वा आपसी मेलमिलाप हुँदैन‚ त्यो ठाउँको जग्गा सैनामैनाको सबै जग्गा नाप जाँच गरिसकेपछि आपसी मेलामिलाप भएमा मात्र अन्त्यमा नापजाँच गर्ने उनले बताए । राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले जग्गा नापी गर्ने क्रममा नापी टोलीलाई सहयोग गरिदिन आग्रह गरे ।
यता कपिलवस्तुको बाणगंगाले साउन भित्रै नापजाँच शुरु हुने गरी काम अघि बढ्ने मेयर चक्रपाणी अर्यालले वताउनु भएको छ । ब्यापक अभियान संचालन गरेर सबै भूमीहीनलाई लालपूर्जा दिन नगर सभाले एक करोड बजेट ब्यवस्था गरेको मेयर अर्यालको भनाइछ । काममा कुनै ढिला हुन नदिने वताउदै मालपोत र नापीसंग साउनको पहिलो हप्तामै समन्वय बैठक राखेर जग्गा नापजाँचको काम अघि बढाउने उहाले वताउनु भयो ।

प्रकाशित : ३१ असार २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६