रुपन्देही ३२ असार । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज शनिवार बिदाको सरकारी नीति विपरीत चलेका डेढ दर्जन बढी सवारी साधनलाई होल्ड गरेर अब उप्रान्त बिदाका दिन बिना पास नचलाउन सुझाव दिएको छ ।जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी युनिटबाट खटिएका प्रहरीले जिल्ला भित्रका सरकारी नम्बर प्लेटका सवारी साधनहरू सार्वजनिक बिदाको दिन सरकारी नीति विपरीत बिना पास चलाइएका दुई पाङ्ग्रे र चार पाङ्ग्रे गरी १९ वटा सवारी साधनलाई होल्ड गरिएको प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौड्यालले जानकारी दिए ।
३२ असार २०७९, शनिबार
प्रतिक्रिया