खोज–अनुसन्धान

कपिलवस्तुका १० स्थानीय तहमा ७३ करोड बेरुजु : मायादेवि र शिवराज बिशेष चर्चामा




कपिलवस्तु १ साउन । कपिलवस्तुका स्थानीय तहमा ७३ करोड रुपैयाँ बढि बेरुजु देखिएको छ । ६ नगरपालिका र ४ गाउँपालिका गरी १० वटा स्थानीय तह रहेको कपिलवस्तुमा स्थानीय तहहरुले गर्ने खर्चमा वार्षिक रूपमा बेरुजुको सीमा नाघ्दै गएको छ । महालेखा परीक्षकको ५९औँ प्रतिवेदन अनुसार कपिलबस्तु जिल्लामा मात्रै रु. ७३ करोडभन्दा बढी रकम बेरुजु रहेको पाइएको छ । बेरुजुलाई कम गर्न पालिकाले ध्यान नदिँदा र कार्यविधिभन्दा बाहिर गएर सीमा मिची मनपरी खर्च गर्दा कपिलबस्तुमा एउटै पालिकामा रु १७ करोडसम्म बेरुजु निस्किएको छ । स्थानीय तहहरुले खर्च प्रणाली पारदर्शी नगर्ने, विधि प्रक्रियाभन्दा बाहिर गएर ठेक्का लगाउने तथा लक्षित योजनामा मनोमानी तरिकाले बजेट खर्च गर्नेजस्ता कार्यले गर्दा कपिलबस्तुको स्थानीय तहहरुमा बर्सेनि बेरुजु रकम बढ्दै गएको छ ।
जिल्लाको दश स्थानीय तहमा यो वर्ष महालेखाले कूल रु १७ अर्ब ६७ करोड ४६ लाख ९७ हजारको लेखापरीक्षणमा रु ७३ करोड ४७ लाख ७४ हजार बेरुजु देखाएको छ । जिल्लामा आर्थिक वर्ष २०७७÷७८ मा कूल ७३ करोड ४७ लाख ७४ हजार बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । आव ०७६÷७७ मा भन्दा ०७७÷७८ मा जिल्लाका पालिकाहरुमा रु १८ करोड ४३ लाख ४१ हजार बढि बेरुजु आएको छ । आव ०७६÷७७ मा जिल्लाका १० पालिकामा ५५ करोड ४ लाख ३३ हजार बेरुजु आएको थियो । बेरुजु सबैभन्दा बढी रहने स्थानीय तहमध्ये मायादेवी गाउँपालिका र सबैभन्दा कम बेरुजु रहने शिवराज नगरपालिका रहेको छ ।यी दुइतह सबैभन्दा धेरै बेरुजु र सबै भन्दा कम बेरुजुका कारण विशेष चर्चामा रहेका हुन् ।

प्रकाशित : १ श्रावण २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६