खोज–अनुसन्धान

गाउँपालिकाका २६० करारका कर्मचारी हटाइएको विरुद्ध आन्दोलन




पार्वती पाण्डे
कपिलवस्तु १ साउन । राम्रालाई होइन हाम्रालाई रोजगारी भन्ने मान्यताले आफूले जितेसंगै आफ्नो पक्षका कर्मचारी राख्ने मनोविज्ञान स्वरुप मायादेविमा विगतमा राखिएका अढाईसय बढी कर्मचारीको जागिर चट हुने चरणमा पुगेपछि जनप्रतिनिधी नै आन्दोलित भएका छन् । कपिलवस्तुको मायादेवी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र उपाध्यक्षले आफ्नो एकलौटी निर्णय स्थानीय वडाध्यक्ष आन्दोलित भएका छन् । २६० जना करारका कर्मचारीलाई साउन १ वटा हटाएपछि वडा अध्यक्षहरु आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षबाट लागुहुने गरी गाउँपालिकाले एक सुचना जारी गरी गाउँपालिका मातहत कार्यरत रहेका स्वयमसेवक शिक्षक, तथा कर्मचारीहरुलाई जागरिबाट निकालेको हो ।

प्रमुख प्रशासकीय अधिकृत प्रमेश्वर यादवद्धारा हस्ताक्षरित सूचनामा साउन १ गते देखि करार र ज्यालादारीको हाजिरी अर्को व्यवस्था नभएसम्मका लागि नगराउने उल्लेख छ ।अहिले मायादेवी गाउँपालिकामा चार वटा वडाका वडा अध्यक्षहरु यसको बिरोधमा उत्रिएका छन् ।गाउँकार्यपालिकामा पनि कुनै छलफल नभएको र गाउँसभामा पनि कुनै कुरा नउठेको विषयमा एकाएक व्यक्तिगत स्वार्थले मनपरी निर्णय भएको भन्दै वडा अध्यक्षहरुले तत्काल निर्णय सच्याउन आग्रह गरेका छन् । मायादेवी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष शैलेन्द्रकुमार यादवले अस्थायी, करार तथा ज्यालादारी कर्मचारीलाई हटाउने कुनै पनि बैठकबाट निर्णय नभएको भन्दै गाउँपालिका अध्यक्षको एकलौटी निर्णयको आफुहरुले बिरोध गर्ने बताएका छन् ।
वडा अध्यक्ष शैलेन्द्र कुमार यादवले गाउँपालिकाको यो निर्णयले वडा कार्यालयमा तत्काल कर्मचारी अभाव भएको र कामकाजमा समस्या भएको भन्दै निर्णय सच्याउन माग गरेका छन् । उनले तत्काल निर्णय नसच्याइए वडा तथा गाउँपालिकाका सबै कामकाज ठप्प पार्ने चेतावनी समेत दिएका छन् । उनले आ सोही माग राख्दै गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र समेत बुझाएको वताएकाछन् । उनीहरुलाई हटाएसँगै गाउपालिका र वडा कार्यसहित स्वस्थ्य चौकी, विद्यलाय लगाएतका सरकारी संस्थानहरुमा कर्मचारी अभाव भएको छ । जसका कारण दैनिक कामकाजमा समेत आफ्ठेरो परेको छ ।

प्रकाशित : १ श्रावण २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६