अर्थ-वाणिज्य

विकटक्षेत्र महाराजगंजमा चालु आवमा संघ र प्रदेशका धेरै योजना संचालनमा आउने




कपिलवस्तु २ साउन । कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा आर्थिक बर्ष २०७९/०८० मा विकासका एक दर्जन भन्दा बढी योजनाहरु संघ र प्रदेश सरकार मार्फत सञ्चालन हुने भएका छन् । जिल्लाको सबैभन्दा पछि परेको पालिकाको रुपमा रहेकोले यस बर्ष विकासका योजनाहरु केन्द्रिय सरकार र प्रदेश मार्फत समाबेस भएको नगर प्रमुख अब्दुल कलामले जानकारी दिनुभयो । महाराजगन्जमा शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार, सिचाइ, कृषिको लागि विभिन्न योजना सन्चालन हुने भएको छ । यस आर्थिक बर्षमा महाराजगन्ज नगरपालिकामा पुर्व सिचाई राज्यमन्त्री सुरेन्द्र राज आचार्यको पहलमा रु १२ करोडको लागतमा निर्माण हुने कालोपत्रे सडकको योजना परेको छ ।
आचार्य मन्त्री भएको बखत डिपिआर भइ रातो किताबमा समाबेश भएको योजनाको लागि अहिले रकम बिनियोजन भएको हो । रु १२ करोडको लागतमा महाराजगन्ज बजार देखि हरदौना, करैलिया गाउसम्म ११ किलोमीटर सडक कालोपत्रे हुने नगर प्रमुख कलामले बताउनु भयो । त्यस्तै लुम्बिनी प्रदेशबाट महाराजगन्जमा साढे २२ करोडको विभिन्न योजना परेको छ । लुम्बिनी प्रदेश पर्यटन तथा ग्रामीण शहरी विकास मन्त्री रिना नेपालले महाराजगन्जको लागि उक्त रकम विनियोजन गरेको वताउनु भयो । लुम्बिनी प्रदेशबाट एकीकृत बस्ती विकास कार्यक्रम मार्फत महाराजगन्जको लागि रु ३० करोडको योजना समाबेश गरिएको छ । सोहि योजना अनुसार महाराजगन्जको भुमी सिचाईका लागि घघुवा सिचाई योजना तथा ब्यवस्थापनको लागि ६ करोड विनियोजन गरिएको छ ।
शान्तिनगर देखि भारतसिमासम्म ३ किलोमीटर सडक निर्माण हुने छ । एकीकृत बस्ती विकास कार्यक्रम मार्फत महाराजगन्जमा सभाहल निर्माण र सार्वजनिक शौचालय निर्माण हुनेछ । शिक्षण संस्था ब्यवस्थापनका लागि विद्यालयको पुर्वाधार विकासमा समेत रकम बिनियोजन भएको महाराजगन्ज नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत रबिन्द्र चौधरीले बताउनु भयो । केन्द्रिय सरकार र प्रदेश सरकार शहरी विकास मन्त्रालयको लागत सहभागीतामा योजना स्वीकृत भएको प्रमुख प्रशासकिय अधिकृत चौधरीले बताउनु भयो । अब केही महिना भित्र टेन्डर आह्वान गरिने छ ।

प्रकाशित : २ श्रावण २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६