खोज–अनुसन्धान

तिलोत्तमाको तनाव झन बढ्दै : वडाध्यक्ष कुट्ने डिएसपीलाई कारवाहीको माग




बुटवल २ साउन । तिलोत्तमा नगरपालिकामा आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित बजेट पारित गर्न सोमबार बोलाइएको १२ औं अधिवेशनको पाँचौं बैठक पनि स्थगित भएको छ । बजेट पारित गर्नका लागि आह्वान गरिएको बैठक स्थगित भएको यो तेस्रो पटक हो । नगर प्रमुख रामकृष्ण खाँणले गणपूरक संख्या नपुगेको भन्दै बैठक स्थगित गर्दै आएपछि तिलोत्तमा खर्चविहिन भएको छ । बजेट पारित नहुँदासम्म नगरका कुनै पनि बिकास निर्माण तथा कार्यलय सञ्चालनका लागि रकम निकासा गर्न पाइँदैन ।
आइतबार बजेट पारित लागि बोलाइएको बैठक नगरप्रमुखले स्थगित गरेपछि तिलोत्तमा दिनभर तनावग्रस्त बनेको थियो । नेकपा एमालेकोतर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले विरोध जनाउँदै नगरका प्रमुख प्रशासकीय अधिकृतको शैली आपत्तिजनक भएको भन्दै उनको कार्यकक्षमा तालाबन्दी गरेका छन् । उपप्रमुख जागेश्वरी देवि चौधरीले प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवालनीको कार्यकक्षमा ताला लगाउँदै राजिनामा समेत माग गरेका छन् । सोमबार दिउसो १ बजेका लागि बोलाइएको नगरसभा बैठक पनि एक सूरचना जारी गर्दै स्थगित भएको हो । मँगलबार विहान ११ बजे बस्नेगरी बैठक स्थगित भएको सूचनामा जानकारी गराइएको छ ।

बैठक स्थगित भएसँगै तिलोत्तमाका राजनीतिक दलहरु आन्तरिक छलफलमा जुटेका छन् ।यता तिलोत्तमा नगरपालिका वडा नं ४ का वडाध्यक्षलाई स्वीमिङ पुल (पौडी पोखरी)मा धकेल्ने प्रहरी अधिकारीलाई कारबाही गर्न नेकपा एमाले रुपन्देहीले माग गरेको छ । सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै एमालेले तिलोत्तमा–४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीमाथि दुर्व्यवहार गर्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीलाई कारबाहीको माग गरेको हो ।नगरप्रमुख रामकृष्ण खाँणले ९० सदस्यीय जनप्रतिनिधि रहेको सभामा आइतबार ४२ जनाको मात्रै हाजिरी भएपछि गणपुरक संख्या नपुगेको भन्दै सभा स्थगित गरेका थिए ।त्यस क्रममा नगरसभा स्थगित गरेको भन्दै एमालेका जनप्रतिनिधिले विरोध गरेका थिए । विरोधमा धकेलाधकेल हुने क्रममा डीएसपी केसीले तिलोत्तमा–४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई मणिग्राम पार्टी प्यालेसको पौडी पोखरीमा खसालिदिएका थिए ।

बैठक स्थगित भएपछि नगरप्रमुख खाँण भएको हलमा पुगेका प्रमुख प्रशासकीय जीवन ज्ञवालीलाई हलबाट बाहिर निस्कन नदिइ विरोध सुरु गरेसँगै प्रहरी प्रशासनबाट एसपीसहितको टोली सो स्थानमा आएको थियो । ज्ञवालीलाई हलबाट निकालिसकेपछि रोक्न पुगेका एमालेका वडाध्यक्ष क्षेत्रीलाई प्रहरीले स्वीमिङ पुलमा खसालिदिएका थिए ।सो घटनाको भत्सर्ना गर्दै एमालेका नेताहरूले डीएसपी केसी र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारी समक्ष माग गरेका हुन् ।

यसैबीच, युवा संघ नेपालले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको चौथो नगरसभा स्थगन तथा वडाध्यक्षलाई पोखरीमा फाल्ने डीएसपीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेको छ ।डीएसपी केसीलाई तत्काल कारबाहीको माग गर्दै युवा संघ नेपालले सोमबार रुपन्देहीमा विरोध प्रदर्शन गरेको हो । संघका केन्द्रीय अध्यक्ष सुमन पुरीले गृहमन्त्री बालकृष्ण खाँणले भाई रामकृष्णको आग्रहमा पदको दुरुपयोग गरी एमालेका जनप्रतिनिधिमाथि ज्यादती गरेको आरोप लगाए । डीएसपी केसीलाई तत्काल कारबाही गर्न र नगरसभा सञ्चालन गर्न माग गर्दै उनीहरूले आफूहरूको माग सम्बोधन नभए युवासंघले कारबाही गर्ने चेतावनी दिए ।

प्रकाशित : २ श्रावण २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६