प्रदेश

किशोर किशोरी पैरवी तथा वकालत सम्बन्धि २ दिने क्षमता विकास तालिम सुरु



भगवती न्यौपाने

कपिलबस्तु ३ साउन । सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुले सहज संजालका पदाधिकारीहरुलाई पैरवी तथा वकालत सम्बन्धि २ दिने क्षमता विकास तालिमको सुरुवात गरेको छ । २ दिन सञ्चालन हुने तालिममा वडा नम्वर ३,१०,र ११ का सहज संजालका किशोर किशोरी ३० जना पदाधीकारीहरुको सहभागिता रहेको थियो । समाजमा देखा परेका समस्या सवालहरुलाई योजनाबद्ध तरिकाले उठान गर्न कार्यक्रमको आयोजना गरीएको सिद्धार्थ सामाजिक विकास केन्द्रका सिनीयर प्रोग्राम कोडिनेटर आ टि खानले जानकारी दिनु भयो ।
सहजकर्ता खानले बालविवाह, लागुऔषध सम्बन्धि उठेका सवालहरुलाई कसरी पैरवी वा वकालत गर्ने, पैरवीका चक्रहरु, पैरवीका प्रक्रियाहरु, सरोकारवाला निकायहरु सँगको सम्वन्य तथ्यमा आधारित लगायतका विषयमा पैरवी तथा वकालत सम्बन्धि क्षमता विकास तालिम मार्फत जानकारी दिनु भएको थियो ।यता सहजकर्ता वडा नम्बर ३ को सहज किशोर, किशोरी,संजालको उपाध्यक्ष यान्तरा थारु, सामाजिक परिचालक बालकुमारी चौधरीले सहजका लक्ष्य उदेश्य र प्राप्तिका लागि के गर्ने, समुहमा बसेर कसरी काम गर्ने भन्ने विषयमा बताउनु भएको थियो ।
सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना स्टेमा फाउन्डेशन नेपालको सहयोग वाणगंगा नगरपालिका १०को समन्वयमा भएको कार्यक्रममा सहज संजालका किशोर किशोरीहरुले पैरवी तथा वकालत मार्फत समाजमा रहेका पैरवी तथा वकालत कसरी गर्ने भन्ने समुह कार्य मार्फत प्रस्तुत गरेका थिए । कार्यक्रम वाणगंगा नगरपालिका ४ मा रहेको सिद्धार्थ सामाजिक विकास केन्द्रमा भएको थियो ।

प्रकाशित : ३ श्रावण २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६