खोज–अनुसन्धान

नेकपा एसले वाम एकताको पहल गर्ने




काठमाडौ ४ साउन ।सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीले वाम एकताको पहल गर्ने निर्णय गरेको छ । पार्टीको ३२ औं सचिवालय बैठकले चार बुँदे निर्णय गर्दै वर्तमान पाँच दलीय गठबन्धन कायम राख्दै वाम एकताको निम्ति पहल गर्ने निर्णय गरेको महासचिव बेदुराम भुसालले जानकारी दिएका छन् ।उनका अनुसार गत असार १३ र १४ गते बसेको केन्द्रीय परिषद्को बैठकबाट पारित कार्ययोजना कार्यान्वयन गर्न संगठन सुदृढीकरण अभियान तदारुकताका साथ आगाडि बढाउने निर्णय गरेको छ ।

त्यस्तै समाजवादसम्बन्धी दस्तावेज तयार गर्ने र वर्तमान आर्थिक समस्याबारे प्रस्ताव तयार गर्ने निर्णय भएको उनले बताए ।सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यालयमा मंगलबार भएको तत्कालीन नेकपाका शीर्ष पाँच नेताहरुबीच पनि पार्टीहरुसँग एकीकरणको सम्भावनाबारे छलफल भएको थियो ।

प्रकाशित : ४ श्रावण २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६