अर्थ-वाणिज्य

मन मिल्यो धनको मतलव भएन :५० लाखको सम्पत्ति नि:शुल्क प्रदान




कपिलबस्तु ५ साउन । कपिलवस्तु जिल्लाको यशोधरा गाँउपालिका एक स्थानीयले पालिकाले क्याम्पस स्थापना गर्न वजेट छुटटाएर जग्गा खोजेको कुरा पालिका अध्यक्ष शिवदयाल तिवार्रीवाट सुनेपछि ५० लाख मुल्य पर्ने १० कटठा जमिन दान स्वरुप दिन प्रतिवद्धता जनाएका छन् । उनले अध्यक्ष तिवारीलाई तपाई मेरो साथी भाई हो तपाईले क्याम्पस स्थापना गर्न वजेट छुटटाएको थाहा पाए जग्गा मैले निशुल्क दिन्छु दाता सोभनाथ कुर्मीले भनेका छन् । कुर्मीले मनमिल्यो धनको प्रवाह भएन भन्दै उक्त घोषणा गरेको अध्यक्ष तिवारीले वताए ।

पालिका भित्र बहुमुखी क्याम्पस निर्माण गर्नका लागि समाजसेवी कुर्मीले १० कठ्ठा जग्गा दानको घोषणा गरेका हुन् । यशोधरा गाउँपालिका वडा नं ५ सुठौलीका शोभनाथ कुर्मीले सो क्याम्पस निर्माणलाई १० कठ्ठा जग्गा दान गरेको वताउदै पालिकाले भनेका दिन मालपोतवाट नामसारी गरिदिने वताएका छन् । यस अघि ५ वर्ष सम्म पालिकामा कुनैपनि क्याम्पस नभएपनि जनप्रतिनिधीले सोच्न सकेनन् । तर अहिले नयाँ प्रतिनिधीले पहिलो वजेटमै क्याम्पस बनाउने घोषणा गरे मन खुसी भएर जग्गा दिन तयार भएको हुँ दाता सोभनाथ कुर्मीले प्रेसपाटीलाई वताए ।

प्रकाशित : ५ श्रावण २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६