प्रदेश

प्रदेश सरकारको लगानीमा पाल्पामा पाँचवटा पुल निर्माण



पाल्पा, ०५ साउन ।
लुम्बिनी प्रदेश सरकारको लगानीमा पाल्पामा यो वर्ष पाँचवटा पक्की पुलको निर्माण कार्य सकिएको छ । सडक पूर्वाधार कार्यालय पाल्पाका अनुसार हुमिन–रिङ्नेरह–ज्यामिरे सडकखण्डको पूर्वखोलामा कोन्द्रेखोला, झुम्सा–चरङ्गे–धागो कारखाना सडकखण्डको ह्याकबारी र ढुङ्गानाबेँसी– झिरुबास सडकखण्डमा गल्घा पुलको निर्माण कार्य सम्पन्न भएको छ । यस्तै तिनाउ–५, को चर्चरे, निस्दी गाउँपालिका–६, स्थित अर्चले र गल्धा अर्चलेको रेचेघाट पुल सकिएको सडक पूर्वाधार कार्यालय प्रमुख अरुण गुप्ताले बताउनुभयो ।

हालसम्म निर्माण सम्पन्न भएका पाँचवटा पुलका लागि प्रदेश सरकारले १५ करोड ६८ लाख ४३ हजार रुपियाँ बजेट विनियोजन गरेको थियो । डेढ वर्षअघि प्रदेश सरकारकै बजेटमा तानसेन–९, अम्लिहाना तिनाउ खोला पुल निर्माण सम्पन्न भइसकेको छ ।

आर्थिक वर्ष २०७९र८० भित्रै थप नौवटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको गुप्ताले जानकारी दिनुभयो । माथागढीको बधबारी, खहरे र अरुण खोला पुल निर्माण सम्पन्न हुनेछ । त्यस्तै तानसेन–रानीमहल सडकखण्ड गाईघाट पुल, रामपुरमा मसानेघाट पुल, तिनाउको सत्यवतीमा गोरबन्दी पुल निर्माण सम्पन्न हुनेछन् । हुमिन–ज्यामिरे सडकखण्डको जमलेमा जमलेघाट, झुम्सा–चरङ्गे–धागोकारखाना सडकखण्डमा पालनधारा र दिलदमारमा पुल बन्ने कार्यालयले जनाएको छ ।

सडक पूर्वाधार कार्यालयले पछिल्लो तीन वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा १२ किलोमिटर सडक कालोपत्रे गरेको छ । तानसेन–रानीमहल जाने सडकखण्डमा सात किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ । तानसेन–रिडी बाइपास सडकखण्डको तीन हजार दुई सय मिटर, रामपुरको खोप्टार–रजघरा सडक खण्डमा करिब ११ सय मिटर र अर्गली रिडी क्षेत्रमा ६८७ मिटर सडक कालोपत्रे भएको छ ।

प्रकाशित : ५ श्रावण २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६