खोज–अनुसन्धान

मन्त्रालयको भन्दा अस्पतालको धेरै बेरुजु : असुल गर्नु पर्ने रकम ६ करोड




गुल्मी ८ साउन । लुम्बिनी प्रदेशमा मन्त्रालयको भन्दा सरकारी अस्पतालको बेरुजु धेरै पाइएको छ । आर्थिक वर्ष २०७७÷७८ मा प्रदेशका विभिन्न मन्त्रालय, प्राधिकरण, आयोग, प्रतिष्ठान तथा मातहतका कार्यालय, समिति र संस्था गरी १ सय ८८ कार्यालयको महालेखा परीक्षणमा मन्त्रालयभन्दा अस्पतालको बेरुजु धेरै देखिएको हो । प्रदेशमा सबैभन्दा धेरै भौतिक पूर्वाधार विकास मन्त्रालय र त्यसअन्तर्गतका ५० कार्यालयको बेरुजु ३६ करोड ४० लाख देखिएको छ ।त्यसको तुलनामा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको मात्र ८ करोड ६६ लाख रुपैयाँ बेरुजु छ । प्रादेशिक अस्पताल बेरुजुमा दोस्रो स्थानमा देखिए पनि कार्यालयगत हिसाबले हेर्दा सबैभन्दा धेरै हुनेमा छ ।

प्रादेशिक अस्पतालको बेरुजु प्रदेशका सबै मन्त्रालय र प्रदेश सभा सचिवालयको भन्दा धेरै हो । लुम्बिनी प्रदेशअन्तर्गतका मन्त्रालय, प्राधिकरण, आयोग र तिनीहरू मातहतका कार्यालय १ सय ७३ र समिति तथा संस्थाहरू १५ वटा गरी जम्मा १ सय ८८ कार्यालयको लेखा परीक्षणमा ६४ करोड २१ लाख रुपैयाँ बेरुजु छ ।कार्यालयका अनुसार उक्त बेरुजुमध्ये ५ करोड ७३ लाख रुपैयाँ असुल गर्नुपर्ने बेरुजु छ । बाँकीमध्ये नियमित हुनुपर्ने ५६ करोड ४८ लाख र पेस्की फर्स्योट नभएको १ करोड ९९ लाख रुपैयाँ छ । यो बेरुजु कूल लेखा परीक्षण अंकको १.१८ प्रतिशत हो ।

अन्य बेरुजुमध्ये उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतका २७ कार्यालयको ६ करोड २२ लाख, शिक्षा तथा सामाजिक विकास मन्त्रालय र अन्तर्गतका ३५ मध्ये २७ कार्यालयको ६ करोड १२ लाख, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको १ करोड ४० लाख, आर्थिक मामिला तथा योजना मन्त्रालयअन्तर्गतका १३ मध्ये २ कार्यालयको १ करोड ११ लाख , भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत २९ मध्ये २५ कार्यालयको १ करोड ४ लाख रुपैयाँ छ । लुम्बिनीको सूचना तथा सञ्चार प्रतिष्ठानको ८५ लाख, भीम अस्पताल भैरहवाको ४१ लाख र राप्ती प्रादेशिक अस्पताल दाङको १५ लाख बेरुजु छ ।

प्रकाशित : ८ श्रावण २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६