खोज–अनुसन्धान

मेयर र हाकीमको गलत साँठगाठ विरुद्ध उपमेयर सहित वडाध्यक्षको मोर्चाबन्दीमा संघर्ष




रुपन्देही ११ साउन ।मेयर र हाकीमको गलत साँठगाठ विरुद्ध उपमेयर सहित वडाध्यक्षको मोर्चाबन्दीमा संघर्ष लुम्विनी सास्कृतिक नगरपालिकामा शुरु भएको छ । करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीलाई बिनानिर्णय र सूचना हटाइएको भन्दै लुम्बिनी सांस्कृतिक नगरपालिका उपप्रमुखसहित ६ जना वडाध्यक्षले ज्ञापनपत्र बुझाउदै चरणबद्ध संघर्ष गर्ने योजना बनाएका छन् । कुनै प्रक्रिया नै पूरा नगरी आफ्ना मान्छेलाई करार तथा ज्यालादारीमा नियुक्त गरिएकाले सो कार्यको पुनर्विचार गरी खारेज नगरेमा आगामी दिनमा कडा रुपमा प्रस्तुत हुने उनीहरुले चेतावनी दिएका छन् ।
उपप्रमुख कल्पना हरिजन, वडा नं. १ का वडाध्यक्ष सुरज कलवार, वडा नं. ३ का अध्यक्ष अकरामुद्दीन नाउ मुसलमान, वडा नं. ४ का अध्यक्ष विनोद श्रीवास्तव, वडा नं. ७ का अध्यक्ष ध्रुप यादव, वडा नं. १० का अध्यक्ष विनोद कहाँर र वडा नं. १२ का अध्यक्ष हरिकेश लोधले लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमान, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर कुँवर र जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंलाई ज्ञापनपत्र बुझाएका हुन् ।
नगरपालिकामा कार्यरत इमान्दार, निष्ठावान् र मेहनेती कर्मचारीलाई हटाएर अत्यन्तै अपारदर्शी तथा अलोकतान्त्रिक तवरबाट निर्णयहरू भइरहेको नगर उपप्रमुख हरिजनले बताइन् । कर्मचारी हटाउने र नयाँ कर्मचारी नियुक्त गर्ने कार्यविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आए तालाबन्दी समेत गर्न पछि नपर्ने उनीहरूले चेतावनी दिएका छन् । १३ वटा वडा रहेको लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुख कांग्रेसले जितेको छ भने उपप्रमुख एमालेले जितेको छ । त्यस्तै एमालेले ५, कांग्रेस र जसपाले ३÷३, लोसपा र जनमत पार्टीले १÷१ वडामा अध्यक्ष जितेका छन् ।

प्रकाशित : ११ श्रावण २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६