कपिलवस्तु १२ साउन । कपिलवस्तुको बाणगंगा नगरपालिका जितपुर चार नम्बरमा नक्कली एक हजार रुपैयाँको नोट फेला परेको छ । नेपाल विद्यतु प्राधिकरण तौलिहवा वितरण केन्द्र अन्तरगत जितपुरमा रहेको विद्यतु महसुल बुझाउने काउन्टरमा सो नोट फेला परेको हो।
प्राधिकरण तौलिहवा शाखाका प्रशासन प्रमुख भुपेन्द्र खनालले जितपुर काउन्टरमा एक हजारको नक्कली नोट फेला परेको बताए। बुधबार काउन्टरमा संकलन भएको रकम जितपुरस्थित कुमारी बैंक शाखा कार्यालयमा जम्मा गर्न जाँदा सो तथ्य बाहिर आएको हो। कुमारी बैंकका कर्मचारीले नोट गन्ने क्रममा सो हजारको नोट नक्कली रहेको जनाएका थिए।
१२ श्रावण २०७९, बिहिबार
प्रतिक्रिया