खोज–अनुसन्धान

कहाँ हराए कागजात ? : अस्थायी लालपुर्जा पाएकालाई स्थायी पाउनै सकस




पार्वती पाण्डे
कपिलवस्तु १२ साउन
कपिलवस्तुमा सरकारी राजश्व समेत बुझाएर अस्थायी लालपूर्जा पाएका अब्यवस्थित बसोवासीले १२ वर्ष सम्म पनि स्थायी पूर्जा नपाएपछि आन्दोलित भएका छन् । आजभन्दा १२ वर्षअघि विसं २०६७ सालमा तत्कालिन सुकुम्वासी समस्या समाधान आयोग कपिलवस्तुका अध्यक्ष डम्मर शर्मावाट अस्थायी लालपूर्जा पाएका उनीहरु यतिबेला हार गुहार गर्दै राज्यका निकाय चाहार्दा समेत निकास नपाएपछि आन्दोलित भएका हुन् ।यस्तो समस्या खासगरी कपिलवस्तुको बाणगंगमा रहेको छ। सोही समस्या समाधानमा पहल गर्न गठित अब्यवस्थित वसोवास प्रयोजन ब्यवस्थापन समितिले कपिलवस्तुका प्रजिअ धर्मेन्द्र कुमार मिश्रालाई ज्ञापन पत्र बुझाउदै आफूहरुलाई स्थायी लालपूर्जा दिने कामको अगुवाई गरिदिन आग्रह गरेका हुन् ।समितिका संयोजक राजेन्द्र विक्रम शाहले ज्ञापन पत्र बुझाउदै आफूहरु जस्तै करिव ४ सय जनाको यस्तै समस्या भएको भन्दै राज्यवाट आफूहरु पीडित हुन नहुने औल्याउनु भयो ।


तत्कालिन अवस्थामा केहि बुझ्नु पर्ने भन्दै अख्तियारको टोलीले सकुुम्वासी समस्या समाधान आयोग कपिलवस्तुमा भएका कागजात लगेको थियो । उसले पछि ती कागजात मालपोत कार्यलयमा फिर्ता दिएको वताइन्छ । तर मालपोतले आफूसंग कागजात नभएको वताउने गरेको छ । अहिले आएर स्थायी पूर्जा पाउने बेलामा कागजात कहाँ छन् कसले राखेको छ भन्ने सम्म स्पष्ट हुन नसकेको भन्दै आफूहरु माथि ठूलो अन्याय भएकाले संघर्ष गर्न वाध्य भएको संयोजक शाहले वताउनु भयो ।


अब्यवस्थित वसोवास प्रयोजन ब्यवस्थापन समिति कपिलवस्तुले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै प्रजिअ धमेन्द्र कुमार मिश्राले आफूले सक्दो पहल गरेर समस्या समाधानमा सघाउने आश्वासन दिनु भएको छ।अब्यवस्थित वसोवासीले अस्थायी पूर्जा पाएपनि स्थायी पाउन सघर्ष गर्ने स्थिती आउनु आफैमा बेठिक हो । पूर्जा वितरणमा कहीकतै गंभिर त्रुटी भएको भए बदर हुनु पर्ने तर सुकुम्वासी समस्या समाधान आयोगले दिएका अस्थायी पूर्जा बदर नभएपछि स्थायी पूर्जा दिन आलटाल गर्नु आफैमा नमिल्दो कुरा भएको नागरिक समाजका अध्यक्ष दोलखवहादुर पछाईले बताउनु भयो ।

प्रकाशित : १३ श्रावण २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६