कपिलवस्तु १५ साउन ।कपिलवस्तुमा सेवा निबृत राष्ट्रसेवकको अधिबेशनले नयाँ नेतृत्व छानेको छ । राष्टसेवक संघ कपिलवस्तुको दोश्रो जिल्ला अधिबेशनले वावुराम भटराईको अध्यक्षतामा १५ सदस्यीय समिति सर्बसहमत रुपमा छनौट गरेको हो । सो अधिबेशनको समुद्घाटन गर्दै एमालेका प्रदेश नेता एवम निवर्तमान जिल्ला अध्यक्ष झविलाल पोखरेलले राष्ट्रसेवकहरुको योगदान राष्ट्र निर्माण संगै पार्टी निर्माणमा समेत महत्वपूर्ण रहि आएको वताउनु भयो ।
उहाँले पार्टीलाई सहि सुझाव सल्लाह दिएर सघाउने ,सरकारमा पार्टी भएका बेला जनमुखी काम गर्न सघाउने जस्ता काम राष्ट्रसेवक पदमा वहाल रहेका वखत भएपनि निबृत्त भएपछि खुला रुपमा पार्टी काममा सकृत हुनुपर्नेमा उहाले जोड दिनु भयो । अधिबेशनलाई संवोधन गर्दै एमाले कपिलवस्तुका अध्यक्ष डम्मर शर्माले ५ दलले चुनाव घोषणा गर्न समेत डराई रहेको वताउदै पहिल्यै गठबन्धन वनाएर चुनाव घोषणा गर्ने मानसिकतामा रहेको तर्क गर्नु भयो । देश वर्वादीको खाडलमा गई सकेकाले यसलाई मुक्त गर्न आसन्न चुनावमाा एमालेले जित्नै पर्ने उहाको भनाई थियो ।केशवराज आचार्यको अध्यक्षता र डम्मर कुमार श्रेष्ठको संचालनमा भएको अधिबेशनमा एमालेका जिल्ला नेता देविवहादुर पोखरेलले सफलताको शुभकामना दिनु भएको थियो ।
प्रतिक्रिया