खोज–अनुसन्धान

लुम्बिनी प्रदेश : औषत ३ दिनमा १ कर्तव्य ज्यान मुद्दा




बुटवल १५ साउन । लुम्बिनी प्रदेशमा वार्षिक एक सयको हाराहारीमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । आर्थिक वर्ष २०७६र७७ देखि २०७८र७९ सम्म तीन वर्षको अवधिमा प्रहरीले ३०८ वटा कर्तव्य ज्यान मुद्दा दर्ता भएको जनाएको हो ।लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०७६/ ७७ मा प्रदेशका १२ वटै जिल्लामा दर्ता भएका कर्तव्य ज्यान मुद्दाको संख्या ८८ थियो । आर्थिक वर्ष २०७७/७८ मा १२५ कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो । आर्थिक वर्ष २०७८/७९ मा ९५ कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै रुपन्देहीमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । पछिल्लो तीन वर्षमा रुपन्देहीमा ५६ वटा कर्तव्य ज्यान मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्क छ । रुपन्देहीका प्रहरी प्रमुख रवीन्द्र रेग्मीले रुपन्देही जिल्लामा सीमा नाका, जनसंख्या धेरै, आर्थिक तथा पारिवारिक कारणले यहाँ कर्तव्य ज्यानसहित अन्य अपराध पनि धेरै हुने गरेको बताए ।

प्रकाशित : १५ श्रावण २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६