रुपन्देही १६ साउन । जनप्रतिनिधिले लगाएको तालाबन्दी नखुल्दा गैडहवा गाउँपालिकाको कार्यालय गत २ साउनदेखि बन्द अवस्थामा रहेको छ । जनप्रतिनिधिले नै बिभिन्न माग राखी गरेको सो तालाबन्दीका कारण झन्डै २ सातादेखि पालिका कार्यालय सञ्चालनमा नआएकाले सेवाग्राही भने मर्कामा परेका छन् । सो तालाबन्दी खुलाउन कुनै पहलकदमी नभए पछि थप समस्य देखिएको हो ।
नेपाली कांग्रेस, जनमत पार्टी तथा ६ जना वडा अध्यक्षसहित २८ जना जनप्रतिनिधिले ११ बुँदे माग पत्र राखेर गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका थिए । गाउँपालिकामा भ्रष्टचार भएको, विकास निमार्णको काम अगाडी नबढाएको लगायतका माग राखेर सो तालाबन्दी गरिएको उनीहरुले जनाएका छन ।विकासका कामनै शुरु नभएको अवस्थामा जनप्रतिनिधीले अनौठा माग राखेका छन् भने वजेट खर्च नहुदै भ्रष्टाचार भयो भन्नु पनि आफैमा नमिल्दो कुरा भएको वताइएको छ ।
१६ श्रावण २०७९, सोमबार
प्रतिक्रिया