प्रदेश

लोकनृत्य प्रतियोगितामा बुद्धभूमिको पारिजात पब्लिक स्कुल सिनियर र जुनियर दुवैमा प्रथम




कपिलवस्तु, २१ साउन ।
केन्द्र प्याब्सनले आयोजना गरेको लोकनृत्य प्रतियोगितामा बुद्धभूमिको पारिजात पब्लिक स्कुल सिनियर र जुनियर दुवैमा प्रथम भएको छ । गोरुसिङ्गेमा शुक्रबार सम्पन्न छनोट चरणमा बुद्धभूमि प्याब्सन अन्तर्गत पारिजात पब्लिक स्कुल सिनियर र जुनियर दुवैमा प्रथम स्थान हाँसिल गर्न सफल भएको हो । प्रतियोगितामा बुद्धभूमिका ६ वटा विद्यालय विच प्रतिस्प्रधा भएको थियो । अतिरिक्त क्रियाकलापमा विद्यालयले विद्यार्थीको अध्ययन क्षमता विकास गर्न किताबमात्रै नभएर अतिरिक्त क्रियाकलाप आवश्यक हुने गरेको भन्दै विभिन्न क्रियाकलाप गर्दै आएको जनाएको छ । विद्यालय सञ्चालकले पढाइको साथमा अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै जोड दिन थालेपछि विद्यार्थीको मानसिकता बदलिएको विद्यालयको भनाई छ । विद्यार्थीको अध्ययन क्षमता बढाउन र श्रृजनशीलता विकास गराउन अतिरिक्त क्रियाकलाप अनिवार्य नै हुन्छ । किताबमात्रै पढ्ने र पढाउने भन्दा खेल वा अन्य गतिविधिमार्फत् सिकाउँदा प्रभावकारी हुने विद्यालयका प्रा.अ. राजेन्द्र पि.सी. बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘अहिले विद्यार्थीलाई पढाएर मात्र दक्ष बनाउन सकिँदैन । उनीहरूलाई अतिरिक्त क्रियाकलापमा पनि दक्ष बनाउन सकियो भने मात्र योग्य नागरिकका रूपमा रूपान्तरण गर्न सकिन्छ ।’
विद्यालयले समय अनुकुल अतिरिक्त क्रियाकलाप गर्दै आएको पि.सीले बताउनुभयो । विद्यालयले वादविवाद, वक्तृत्वकला, चित्रकला, हाजिरीजवाफ, गणित,विज्ञान प्रदर्शनी, लगायत अतिरिक्त क्रियाकलापअन्तर्गत फुटबल, भलिबल, क्रिकेटलगायत खेलकुदसँग सम्बन्धित विधादेखि विद्यार्थीलाई समाजसेवामा लगाउनेसम्मका क्रियाकलापमा विद्यालयले लगाउने गरेको पि.सीले बताउनुभयो ।

प्रकाशित : २१ श्रावण २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६