अन्तर्राष्ट्रिय

प्रहरी र सस्थाको पहलमा एक वर्षमा जोगिए २८० महिला




माधव बेल्वासे
चन्द्रौटा,२२ साउन। विभिन्न प्रलोभनमा पारि भारत हुँदै तेस्रो मुलुक सम्म पुराई महिला तथा बालबालिकाहरूलाई बेचबिखन हुने क्रम बढ्दोे छ । मोबाइल तथा सामाजिक सञ्जाल दुरुपयोग गरी युवतीहरूलाई विभिन्न बहानामा वर्षे नि सयौँको सख्यमा पु¥याउने र शोषण गर्ने गरेको पाइएको छ । कपिलवस्तुको कृष्णनगर नाका बाट शान्ति पुनस्र्थापना गृहले एक वर्षमा २ सय ८० जना महिलाको उद्धार गरेको छ । युवतीहरूलाई राम्रो रोजगारी दिने,तेस्रो मूलक पुराउने लगायतको प्रलोभन पारि भारत लैजाँदै गर्दा उनीहरूलाई उद्धार गरिएको जिल्ला संयोजक बसन्ती घर्तीले बताउनुभयो । संस्थाले आर्थिक वर्ष २०७८÷७९ मा कृष्णनगर क्षेत्र वाट ६ हजार ५६२ जनालाई परामर्श दिएको छ ।

भारत जाँदै गरेका तथा सीमा पार गर्दै गरेका महिला,बालबालिकाहरूलाई परामर्श दिएको संयोजक घर्तीले बताउनुभयो । उद्धार गरिएको महिला मध्ये १ सय ७५ जनालाई संस्था मार्फत,१०२ जनालाई प्रहरी मार्फत परिवार सँग पुनर्मिलन गराइएको उहाँले बताउनुभयो ।यस अवधिमा २ जना युवतीलाई अन्य संस्थाको जिम्मा लगाइएको छ । विभिन्न प्रलोभनमा पारि भारत पु¥याइएका दुई जना युवतीहरूलाई भारत पुगेर उद्धार गरिएको घर्तीले बताउनुभयो । अधिकांश युवतीहरू लुम्बिनी प्रदेशका प्युठान,दाङ,रोल्पा,अर्घाखाँची र कपिलवस्तुका रहेको घर्तीको भनाई छ ।

संस्थाको अगुवाइमा १ जनालाई मानव बेचबिखनको मुद्दा,२ जनालाई जबरजस्ती करणी र १ जनालाई सार्वजनिक मुद्दा दर्ता गराइएको घर्तीले जनाकारी दिनुभयो । घर्तीका अनुसार हरेक वडा तथा टोलमा सचेतना अभियान गर्नुपर्ने बताउनुभयो । शान्ति पुन स्थापना गृहले विभिन्न समयमा जोखिमयुक्त क्षेत्रहरुमा सचेतनामूलक कार्यक्रम गरिरहेको र यसमा स्थानीय तहले सहयोग गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित : २२ श्रावण २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६