खोज–अनुसन्धान

लुम्बिनीमा २८ प्रतिशतस्क्रब टाइफस संक्रमित



तुलसीपुर ११ कार्तिक

लुम्विनी प्रदेशमा देशभरमा कुल संक्रमितको २८ प्रतिशत स्क्रब टाइफस संक्रमित फेला परेका छन् । यो संख्या प्रदेशगत रुपमा हेर्दा सबै भन्दा उच्च हो । नेपालमा स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा फैलिएको छ । यस वर्ष जनवरीदेखि हालसम्म देशभर ११ हजार २२६ जनामा संक्रमण पुष्टि हुँदा ६ जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण
महाशाखा (ईडीसीडी) का अनुसार संक्रमण ७४ जिल्लामा फैलिएको छ । लुम्बिनी प्रदेशमा संक्रमण सबैभन्दा बढी देखिएको छ । प्रदेशभर ३ हजार ६६ जना संक्रमित भएका छन्, जुन
कुल संक्रमितको २७.८ प्रतिशत हो। विशेषगरी दाङमा ६५८, पाल्पामा ४२३ र बर्दियामा ३५६ जनामा संक्रमण पुष्टि भएको छ । यसले लुम्बिनी प्रदेशमा स्क्रब टाइफसको जोखिम गम्भीर रहेको
देखाउँछ । प्रदेशगत रूपमा सुदूरपश्चिममा २ हजार ११३ र गण्डकीमा २ हजार ४१ जना संक्रमित भएका छन् । त्यस्तै, बागमतीमा १ हजार ३७३, कोशीमा १ हजार २४३, कर्णालीमा ९२७
र मधेश प्रदेशमा २७७ जनामा संक्रमण देखिएको छ । महाशाखाको तथ्याङ्कअनुसार वर्षायामको अन्त्यतिर संक्रमण बढेको छ । अगस्ट र सेप्टेम्बर महिनामा बिरामीको संख्या उल्लेख्य
रूपमा वृद्धि भएको हो । सेप्टेम्बरमा मात्रै २ हजार ९३८ नयाँ संक्रमित थपिएका थिए।जिल्लागत रूपमा दाङपछि स्याङ्जामा ५६५, सङ्खुवासभामा ५०५, सल्यानमा ४९१, बझाङमा
४६३, धादिङमा ३९९, रोल्पामा ३७७ र दार्चुलामा ३४८ केस रिपोर्ट भएका छन्।स्क्रब टाइफस संक्रमित माइटको टोकाइबाट सर्ने रोग हो। खेतबारी तथा झाडीमा काम गर्दा शरीर ढाक्ने
कपडा लगाउन र ज्वरो आउने, टाउको दुख्ने वा टोकेको ठाउँमा कालो दाग देखिने लक्षण भएमा तत्काल स्वास्थ्य संस्थामा जाँच गराउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । श्रोत बुद्ध दर्पण राष्ट्रिय दैनिक पत्रिका

प्रकाशित : १२ कार्तिक २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६