ब्रेकिंग न्युज

वातावरण तथा सामाजिक रुपान्तरणका लागि युवा द्वारा श्रावण ३१ गते माध्यमिक तहको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने



पशुपति गिरी,कपिलवस्तु, २३ साउन। वातावरण तथा सामाजिक रुपान्तरणका लागि युवाद्वारा यहि मिति २०७९ श्रावण ३१ गतेका दिन रुपन्देहीको देविनगर स्थित लुम्बिनी वाणिज्य क्याम्पसमा माध्यमिक तहको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुनेभएको छ । प्रतियोगितामा रुपन्देही जिल्लाभरको करिब ४०।५० माध्यामिक तहको बिद्यालयहरुले सहभागीता जनाउने वातावरण तथा सामाजिक रुपान्तरणका लागि युवा संस्थाका सचिव अनिश ज्ञवालीले जानकारी दिनुभयो।उक्त प्रतियोगितामा प्रथमहुनेलाई रु १०००० नगद,सिल्ड र प्रमाणपत्र दोश्रो रु ५ हजार नगद , सिल्ड र प्रमाणपत्र ,तेस्रो रु ३ हजार नगद सिल्ड र प्रमाणपत्र , चौथो रु २००० नगद सिल्ड र प्रमाण पत्र पुरस्कार रहेको कार्यक्रम संयोजक मनिष दहालले बताउनु भयो ।

प्रतियोगितामा निश्चित समूहमा निश्चित सहभागी व्याक्ति संख्या निर्धारण गरिन्छ।क्वीज मास्टरले प्रश्न सोध्ने गर्दछ। सर्वप्रथम समुहको नेताले आफ्नो लक्की नम्बर रोज्नु पर्ने हुन्छ।र क्वीज मास्टले उक्त सोधिएको नम्बर अनुसार आफ्नो प्रश्न पुस्तकमा रहेको प्रश्न सोध्ने गर्द छन्। पहिले प्रश्न सोधेको समुहले प्रश्नको सहि उत्तर दिएमा उक्त समुहलाई निश्चित अङ्क प्रदान गरिन्छ।सुरुमा selection round हुन्छ, जसमा बहु बैकल्पिक प्रश्नहरु सोधिन्छ र त्यस बाट उत्कृष्ट ८जना लाई अर्को round मा लगि quiz खेलाईने छअन्ततः प्रतियोगितामा सहभागी कुनै पनि समुहले सोधिएको प्रश्नको सहि जवाफ नजानेमा प्रश्न एक पटक दर्शकहरू समक्ष पनि जान्छ।र दर्शकहरूले पनि नजाने अन्तिममा सहि उत्तर क्वीज मास्टरले नै दिने गर्दछ। यसरी प्रश्न पुस्तिकामा रहेको सुरूको राउन्ड सकिए पछि अन्य विभिन्न राउन्डहरू सुरु गरिन्छ।

प्रकाशित : २३ श्रावण २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६