पाल्पा २३ साउन । शिद्धार्थ करिडोरमा पर्ने चार जिल्लाका १५ पालिकाका जनप्रतिनिधिहरूको भेलाले सिद्धार्थ राजमार्ग यथासिघ्र स्तरोन्नतिमा जोड दिएको छ । सिद्धार्थ आर्थिक करिडोर क्षेत्रको विकासका लागि पहिलो काम राजमार्ग स्तरोन्नति भएको भेलाले निष्कर्ष निकालेको हो । सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने १५ स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको भेला । करिडोर अन्तर्गत रुपन्देही, पाल्पा, स्याङजा र कास्कीका स्थानीय तह करिडोर अन्तर्गत पर्छ । रूपन्देही, पाल्पा, स्याङ्जा र कास्कीबाट प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको भेला पोखरामा आयोजना गरिएको थियो । भेलाले ६ बुँदे साझा घोषणापत्र जारी गरेको छ । सार्वजनिक निजी साझेदारी मोडलबाट यस क्षेत्रको विकासमा स्थानीय तहको भूमिका पनि महत्त्वपूर्ण हुने भेलाको निष्कर्ष निकालेको छ ।
सिद्धार्थ आर्थिक करिडोरको मूल आधार सिद्धार्थ लोकमार्ग स्तरोन्नतिका लागि मापदण्ड अनुसार आवश्यक कार्यका लागि सम्बन्धित निकायहरूमा आवश्यक पहल र समन्वय गर्नुपर्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए । करिडोरअन्तर्गत पर्ने विभिन्न पालिकाहरूमा उत्पादन हुने कृषि उपजको व्यवसायीकरण, बजारीकरणको व्यवस्थापनमा जोड दिन पनि राजमार्गको स्तरोन्नति हुनुपर्ने उनले बताए । तानसेनका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले यस क्षेत्रको आर्थिक–सामाजिक समुन्नतिका लागि अन्तर–पालिका सहकार्य आवश्यक भएको बताए । सार्वजनिक निजी साझेदारीको मूल विषयवस्तुमा केन्द्रित भएर भेला सम्पन्न भएको बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले बताए ।
२३ श्रावण २०७९, सोमबार
प्रतिक्रिया