खोज–अनुसन्धान

एकल बहुमतले देश नचल्ने पुष्टि भएकाले ५ दलिय गठबन्धन :मन्त्री चौधरी




पाल्पा १ भदौ । शहरी विकास मन्त्री मेटमणी चौधरीले नेपाली समाजको चाहना अनुसार पाँच दलीय गठबन्धन भएको बताउन भएको छ । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाको बुधबार बिहान तानसेनमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै मन्त्री चौधरीले नेपालमा केही वर्षअघिदेखि जनचाहना अनुसार गठबन्धन बनेर अघि बढ्ने वातावरण बनेको जिकिर गर्नुभयो । वि.सं. २०१५ सालदेखि नै नेपालमा कुनै पनि राजनीतिक दलले बहुमत प्राप्त गरे पनि स्थायी रुपमा सरकार चल्न नसकेकाले स्थायित्वका लागि गठबन्धन भएको बताउनुभयो । लामो समयसम्म राजनीतिक सङ्घर्षका लागि लड्नुपरेको बताउँदै मन्त्री चौधरीले कुनै नेताको कारणले फेरि मुलुकलाई पछाडि फर्काउने अवस्था नरहेको बताउनुभयो ।
मन्त्री चौधरीले नेपाली जनतामा भएको भ्रष्ट संस्कार सुधार गरेपछि मात्रै नेता सुध्रिने अवस्था आउने बताउनुभयो । जनतामा पनि केही न केही भ्रष्ट संस्कार रहेको बताउँदै त्यसको विम्वका रुपमा नेतामा पनि समस्या देखिएको दावी गर्नुभयो । काठमाडौँ महानगरपालिकाको फोहोर लामो समयसम्म उठ्न नसेकेको भन्ने पत्रकारहरूको जिज्ञासामा मन्त्री चौधरीले फोहोरमैला व्यवस्थापनमा कमिसनखोर गिरोहको अवरोध रहेको आरोप लगाउनुभयो । उहाँले काठमाडौँको फोहोर व्यवस्थापनलाई एकीकृत रुपमा समाधान गर्नका लागि मन्त्रालयकोतर्फबाट पहल भइरहेको जानकारी दिनुभयो ।

प्रकाशित : १ भाद्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६