बुटवल २ भदौ । रुपन्देही उद्योग संघले स्थापना गरेको रोजगार सूचना केन्द्रको बिहीबार एक कार्यक्रमकाबीच शुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेश सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा स्थापित केन्द्रको संघको कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले रिवन काटी कम्प्यूटरमा वेभसाइट क्लिक गरेर उद्घाटन गरेका छन् ।
मन्त्री अजय शाहीले स्वदेशमा रोजगारी सिर्जना गर्दै दक्ष जनशक्तिलाई स्वदेशमा नै प्रयोग गर्ने वातावरण बनाउन सरकारको नीति रहेको बताए । उनले निजी क्षेत्रसँगको सहकार्य र सहयोगमा उद्योगको विकासका कार्यक्रमलाई अगाडी बढाएको उल्लेख गर्दै उद्योग संघले सञ्चालनमा ल्याएको रोजगार सूचना केन्द्रले श्रम शक्तिलाई आवश्यकता अनुसार काममा लगाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । सो अवसरमा संघका अध्यक्ष माधव प्रसाद पौडेलले स्वागत गर्दै केन्द्र स्थापनाको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो । अध्यक्ष पौडेलले देशको श्रम शक्तिको समुचित परिचालनको व्यवस्थापन गर्नका लागि रुपन्देही उद्योग संघले पुलको रुपमा कामको सुरुवात गरेको बताए ।
२ भाद्र २०७९, बिहिबार
प्रतिक्रिया