खोज–अनुसन्धान

कपिलवस्तु कांग्रेसमा सस्थापन इतरको भेला: क्षेत्रनं २मा कनौडियाको दावि,सभापतिआचार्यले जित्न नसक्ने विष्लेषण




तौलिहवा ३ जेठ । कपिलवस्तु जिल्लामा कांग्रेसका संस्थापन इतर समुहका नताहरुले छुटटै भेला गरेर समग्र राजनीतिको समीक्षा गरेकाछन् । उनीहरुले जिल्लाको स्थानीय तह निर्वाचनको कमी कमजोरी समेत समीक्षा गरेका छन् । तौलिहवामा समीक्षासँगै कांग्रेस नेताहरुले आगामी मंसिर ४ गते हुने प्रदेश र संघको निर्वाचन केन्द्रित छलफल गरेका हुन । बैठकमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका नेता विरेन्द्र कुमार कनोडियाले कांग्रेसको संगठन बलियो भए पनि कतिपय स्थानीय तहमा कांग्रेसले खिचातानीका कारण हार्नु परेको बताए । उनले आगामी निर्वाचनमा गठबन्धन जसरी अघि बढ्छ त्यसै अनुरुप प्रदेश र संघमा गठबन्धनलाई जिताउन लाग्नु पर्ने बताए ।
कनोडियाले आफूले कुनै पनि क्षेत्रमा आधिकारिक उम्मेद्वार घोषणा नगरेको र आफू पनि संघमा निर्वाचन लड्न इच्छुक भएको बताउँदै आफूलाई धेरै कार्यकर्ताहरुले कपिलवस्तुको क्षेत्र नं २ बाट संघीय सांसद लड्न आग्रह गरेको बताए । यो क्षेत्रमा वर्तमान सभापति सुरेन्द्र राज आचार्य पटक पटक चुनाव हार्ने स्थिती आउदा कांग्रेसलाई ठूलो क्षेती भएकाले आफू जित्नका लागि उम्मेदवार हुने स्पष्ट पारे । उनले पार्टीले टिकट दिएमा आफू क्षेत्र नं २ बाट संघीय सांसदको चुनाव लड्न तयार रहेको बताउँदै पार्टीको निर्णयमा आफू कहि कतै पनि बाधक नहुने बताए । कनोडिया हाल क्षेत्र नं। ३ ख का प्रदेश सांसद हुन भने कपिलवस्तु जिल्लामा ५ वटा स्थानीय तह रहँदा क्षेत्र नंं ३ हालको क्षेत्र नं। २ पर्ने क्षेत्रबाट २०५६ मा उनी सांसद निर्वाचित भएका थिए ।चबवभकज उचयनचबmmभ।उलन

कांग्रेस कपिलवस्तुका पूर्व सभापति राजेश आचार्यले स्थानीय तह निर्वाचनमा जिल्लामा गठबन्धन नहुँदा कांग्रेसले हार व्यहोर्नु परेको बताए । आचार्यले महिलाहलाई पनि राजनीतिमा प्रोत्साहन गर्नु पर्ने बताउँदै महिलाको सामाजिक आर्थिक क्रान्तिमा जोड दिए । कांग्रेसमा काम नगर्ने गाली गर्ने प्रवृत्ति गलत भएकाले सबै मिल्नु पर्नेमा उनले जोड दिए । कगमबपबच उचयनबmmभ।उलन

कांग्रेस कपिलवस्तुका पूर्व सभापति सुधाकर पाण्डेले कांग्रेसले संघ र प्रदेशको निर्वाचन केन्द्रित गम्भीर समीक्षा गर्नु पर्ने समय आएको बताए । पाण्डेले कांग्रेस सित रिसाएर कांग्रेसलाई नै हराउने कार्य कसैले पनि गर्न नहुनेमा जोड दिए ।

निवर्तमान राष्ट्रिय सभा सदस्य दृघ नारायण पाण्डेले स्थानीय तह निर्वाचनको समयमा कतिपय कांग्रेस कार्यकर्ताले राजिनामा नै दिनुपर्ने अवस्था आउनु गलत भएको बताउँदै पाण्डेले युवा पुस्ता राजनीतिमा आउनु पर्नेमा जोड दिए ।

कपिलवस्तु क्षेत्र नंं। १ का क्षेत्रीय सभापति अब्दुल मन्नान खाँले गिरिजा प्रसाद कोइरालाको पालामा जस्तो पार्टीमा भावनात्मक सम्बन्ध हुनु पर्नेमा जोड दिए । कांग्रेस कपिलवस्तु नगरपालिकाका सभापति खुर्सेद अहमद खाँले पार्टीले कामको मूल्याङ्कनको आधारमा राम्रा मान्छे चुन्नु पर्नेमा जोड दिए ।कांग्रेसका युवा नेता राजेश ज्ञवालीले टिकट वितरणमा निश्चित मापदण्ड बनाउनु पर्ने र युवाहरुलाई राजनीतिमा प्रोत्साहन गर्नुपर्ने बताए । कांग्रेस कपिलवस्तुका सह सचिव अरसद ओजीले संगठनमा लागेका व्यक्तिहरुलाई उपेक्षा गर्न नहुने बताए ।

कपिलवस्तु क्षेत्र नं १ क का सभापति दुर्गा केसीले गुट उपगुट हुनु पार्टीका लागि दुर्भाग्य भएको बताउँदै प्रदेश र संघको निर्वाचनमा पार्टी एकजुट भएर निर्वाचनमा होमिनु पर्ने बताए ।कांग्रेसका युवा नेता एवम् महाधिवेशन प्रतिनिधि आशिष शर्माले आज राजनीति नेतृत्व प्रति जुन दृष्टिकोण छ त्यसलाई बदल्न सक्षम युवापुस्ताले नेतृत्व लिन जरुरी रहेकोले युवाहरु राजनीतिमा आउनु पर्ने बताए ।कांग्रेसका नेताहरु रविराज आचार्य, विष्णु प्रसाद न्यौपाने, पदम प्रसाद खनाल, सर्जु थारु, प्रशान्त कार्की, सोहरत तेली, विजय खनाल, महेन्द्र पाठक, कृष्ण प्रसाद पोख्रेल, राम विहारी थारु, रुपक खनाल लगायत उलेख्य कांग्रेस नेताहरुले बैठकमा आ–आफ्ना धारणा राखेका थिए ।

प्रकाशित : ३ भाद्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६