खोज–अनुसन्धान

चेक बाउन्स मुद्धामा कांग्रेस क्षेत्रिय सभापति खड्का पक्राउ



काठमाडौं, ३ भदौ । चेक बाउन्सको मुद्दामा नेपाली काँग्रेसका क्षेत्रीय सभापति पक्राउ परेका छन् ।महानगरीय प्रहरी परिसर भक्तपुरले नेपाली काँग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ ख का सभापति उद्धब बहादुर खड्कालाई बिहीबार साँझ पक्राउ गरेको हो ।व्यवसायी पुरुषोत्तम पाण्डेले दिएको चेक बाउन्सको उजुरीका आधारमा खड्कालाई भक्तपुर प्रहरीले पक्राउ गरेको हो । उनलाई गोठाटारबाट पक्राउ गरिएको भक्तपुर प्रहरीले जनाएको छ ।

पाण्डेलाई तिर्नुपर्ने ३४ लाख ५० हजार रकम नतिरी उल्टै धाकधम्की दिई हिँडेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।खड्काविरुद्ध पाण्डे आँफैले पहिले २५ लाख र हाल ९ लाख ५० हजार गरी कुल ३४ लाखको चेक बाउन्सको उजुरी प्रहरीमा दिएका थिए ।काठमाडौं प्रहरीमा दिएको जाहेरीका आधारमा करिब ६ महिना अगाडि नै एउटा पक्राउ पूर्जी जारी भएको भएपनि राजनीतिक शक्तिका आडमा उनी पक्राउ परेका थिएनन् ।खड्काले दिएको दोस्रो चेक भक्तपुर जिल्लामा रहेको शाखाबाट काटिएपछि उक्त पक्राउ पूर्जी भक्तपुरमा पठाइएको थियो ।भक्तपुर प्रहरीले ९ लाख ५० हजार रुपैयाँको बैंकिङ कसुरको मुद्दामा पक्राउ पूर्जी प्राप्त भएकाले खड्कालाई पक्राउ गरिएको बताएको छ । सापटी, जग्गा खरिद, व्यवसाय आदि कामका लागि भन्दै रकम लिने र रकम फिर्ता गर्ने समयमा मिटरब्याजीको आरोपमा उजुरी दिन्छु भन्दै धम्काउँदै गरेको एक व्यवसायीले गुनासो गरेका छन् ।

प्रकाशित : ३ भाद्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६