कपिलवस्तु ३ भदौ । कपिलवस्तुमा लामो समयको पर्खाइपछि जनतन यतिबेला रासायनिक मल वितरण सुरु गरिएको छ । केही दिन अघि कपिलवस्तु स्थित कृषि सामाग्री कम्पनी लिमिटेड तौलिहवामा आएको युरिया र डिएपि मल जिल्लाका सुचिकृत कृषि सहकारीहरुका माध्यमबाट कृषकहरुलाई वितरण गरिएको कृषि सामग्री कम्पनी लिमिटेड तौलिहवाका प्रमूख प्रकाशचन्द्र ज्ञवालीले जानकारी दिनुभयो ।कपिलवस्तु जिल्ला भरका लागि वार्षिक १० हजार मेट्रिक टन युरिया मल आवश्यक पर्दछ तर अहिले आएको मलको मात्रा जम्मा ७ सय ९२ मेट्रिक टन हो ।कपिलवस्तुमा एक हजार मेट्रिक टन पनि मल आएको छैन । देशभर मलको अभाव भइरहेका बेला किसानले समयमै मल पाउन सकिरहेका छैनन भने आएको मलमा पनि कष्टपूर्ण तरिकाले दिनभर लाइनमा बसेर थोरै मलमा चित्त बुझाउनुपर्ने बाध्यता छ ।
सरकारले भारतबाट आयात गरिरहेको मल झारा टार्ने माध्यम मात्रै बनाएको छ । प्रयाप्त मल ल्याउन नसक्दा कृषकहरुको उत्पादनमा ह्रास आइरहेको छ । सरकारले अनुदानमा समयमै मल दिन नसक्दा मलको कालोबजारी समेत मौलाएको छ । नेपाली व्यापारीहरु भरतीय मल अवैध रुपमा नेपाल भित्राएर नेपाली किसानलाई चर्काे मूल्यमा बेचिरहेका छन् ।शुक्रबार कपिलवस्तुको बाणंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडमा ल्याइएको रासायनिक मल खरिद गर्न एक बिहानै एक सय बढी कृषकहरुको लाइन थियो । आज सार्वजनिक बिदाको दिन पनि साना किसानले कृषकहरुलाई मल वितरण गरिरहेको थियो । मल लिन आएका कृषकहरु आफुलाई आवश्यक मल नपाउँदा निराश थिए । नेपाल सरकारको अनुदानमा उपलब्ध गराइएको यो मल यस अघि कपिलवस्तु जेठ महिनामा आएको थियो । कृषि सामग्री कम्पनी लिमिटेडका प्रमूख ज्ञवालीका अनुसार देशभर करिब ७ लाख मल आवश्यक रहेकोमा कपिलवस्तुमा मात्रै अभाव नभएको बताउनुहुन्छ ।
३ भाद्र २०७९, शुक्रबार
प्रतिक्रिया