खोज–अनुसन्धान

बिपन्न परिवारको बिुधत महशुल पालिकाले तिरिदिने




रौतहट ४ भदौ । रौतहटको देवाही गोनाही नगरपालिकाकाले देवाही गोनाही नगर क्षेत्रका करिब ७ हजार विपन्न तथा गरिब परिवारको ५० युनिटसम्मको विद्युत् महसुल नगरपालिकाले तिर्ने भएको छ । देवाही गोनाही नगरपालिकाले कार्यपालिका बैठकबाट नै ५० युनिटसम्मको विद्युत् महसुल तिर्ने निणय गरेको हो । देवाही गोनाही नगर क्षेत्रका गरिब, विपन्न तथा दलित परिवारको बिजुली बिल नगरपालिकाले व्यहोर्ने नगर प्रमुख प्रेमलाल साह कानुले बताउनु भयो ।देवाही गोनाही नगरपालिकामा बसोवास गर्ने आर्थिक रुपम कमजोर भएका बिपन्न परिवार, गरिब तथा दलित समुदायहरुलाई ५० युनिटसम्म खपत विद्युत् महसुल नगरपालिकाले तिर्ने नगर प्रमुख कानुले जानकारी दिनुभयो ।

आफ्नो चुनावी घोषणापत्रअनुसार नै यो कार्यक्रम गरिएको नगर प्रमुख कानुले बताए । निःशुल्क विद्युत् योजनाको लाभ लिन स्थानीयले योजना लागु हुने समयभन्दा अगाडिको बिल भुक्तानी गरेको हुनुपर्नेसमेत उहाँले बताउनु भयो ।जनताले आफूहरूलाई विश्वास गरेर पाँच वर्षका लागि चयन गरेको भन्दै यो अवधिमा आफूहरूले अब जनताको सुविधाका लागि ध्यान दिने नगर प्रमुख कानुले बताउनु भयो । नगर प्रमुख कानुले आफू भूमिहीन र निम्न वर्गको परिवारबाट राजनीतिमा आएको भन्दै आफूले पनि निम्न वर्गको जनतालाई सर्वोपरी ठानेर काम गर्ने जनाउनु भयो ।

५० युनिटभन्दा बढी विद्युत् खपत भएको पाइएमा सम्बन्धित् व्यक्तिले स्वयं बिल तिर्नुपर्ने देवाही गोनाही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साहले बताउनु भयो । यो सुविधा लिन मिटर रिडिङ भएलगतै सम्बधित् वडा कार्यालय वा नगरपालिकामा बिल जम्मा गराउन नगरपालिकाले अनुरोध गरेको छ ।

प्रकाशित : ४ भाद्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६