खोज–अनुसन्धान

नेपालगञ्ज क्षेत्र अव विकासमा पछि पर्दैन :मन्त्री राई




बाँके ५ भदौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले स्नेपालगंज क्षेत्र अव विकासमा पछि नपर्ने वताउनु भएको छ। उहाले थानीय विकासमा कोही बाधक बन्न नहुने बताउनुभयो । नेपालगञ्जको धम्बोझी चोकमा शनिबार रत्न राजमार्ग अन्तर्गत जमुनाह–राँझा सडक स्तरोन्नति र सडक बत्ती तथा जमुनाह– कोहलपुरमा पैदल यात्रु आकाशे पुलको शिलान्यास गर्दै मन्त्री राईले सो कुरा बताउनुभयो ।
मन्त्री राईले नेपालगञ्जमा भर्खरै शिलान्यास भइरहेका नयाँ योजनाहरु बजेट सनिश्चित भएपछि मात्रै टेण्डर प्रक्रियामा गएको बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्य, समन्वय र सहयोगमा मन्त्रालयले पछिल्ला विकास निर्माणका योजना अघि बढाएको मन्त्री राइले बताउनुभयो ।शिलान्यास भएका बाहेक थप योजनाका लागि समेत काम अघि बढाइएको उहाँले जानकारी दिनुभयो । उहाले रत्न राजमार्गको स्तरोन्नति, पूर्ब–पश्चिम राजमार्ग अन्तर्गतको सडकखण्ड फोर लेन र ५ लेनको बनाउन अध्ययन भइरहेको बताउनुभयो । जमुनाह–हिल्सा सडक समेत निर्माण गर्नुपर्ने पक्षमा मन्त्रालय रहेको बताउनुभयो ।
सडक विभागका महा निर्देशक अर्जुनजंग थापाले नेपालगञ्ज र कोहलपुरमा ५ वटा आकाशे पुल, सडकबत्ती, ट्राफिक लाईट र अस्फाल्ट सडकको काम एक वर्षभित्रै सम्पन्न हुने जानकारी दिनुभयो । नेपालगञ्जको जमुनाहदेखि राँझासम्म अस्फाल्ट ओभरले, सडक बत्ति, ट्राफिक लाईट, नेपालगञ्जमा चार वटा र कोहलपुरमा एउटा गरी ५ वटा आकाशे पुलको काम एकसाथ अघि बढाइएको छ । यसैगरी मन्त्री राईले शनिबार नै डुडुवास्थित राप्ती नदी पुल र डुडुवा खोला पुलको शिलान्यास गर्नुभयो ।

प्रकाशित : ५ भाद्र २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६