खोज–अनुसन्धान

कृष्णनगरमा सुख्खा बन्दरगाह बनाउने रेल चलाउने अभियानमा सांसद पन्थी




कृष्णनगर ८ भदौ । कपिलवस्तुको कृष्णनगरमा सुख्खा बन्दरगाह बनाउने अभियानमा सांसद विष्णु पन्थीले अभियान शुरु गर्नु भएको छ । उहाले सामाजिक सन्जालमा लेख्नु भएको छ । हाम्रो सबैभन्दा नजिकमा भारतीय रेल कपिलवस्तुमा ? यता नेपालको कृष्णनगर बजार भन्सार उता भारतको बढनी बजार र ब्रोड्गेज रेल संजालमा जोडिएको रेल्वे स्टेसन छ । रेल लिग बाट मुस्किलले २०० मिटरको दुरिमा नेपाली सिमा छुन्छ ।

त्यो रेल लाइन संग हामी जोडिने र ठुला ठुला गोदामघर सहितको सुक्खा बन्दरगाह हुने हो भने हाम्रो आयात र निर्यातमा लाग्ने ढुवानी खर्चमा धेरै कटौती हुने , छिटो हुने , सहज हुने कुरोमा हाम्रो किन ध्यान पुग्न सकेको छैन ? जहिले पनि समयमा अभाव हुने मलको समस्या पनि धेरै कम हुन्थ्यो र ट्रक टैंकरले बोकेर ल्याउने कोइला तेल आदि भन्दा रेलले बोकेर ल्याउदा कति सस्तो हुन्थ्यो ? ढुवानी खर्चमा हुने बचत हिसाब गर्ने हो भने जिब्रो टोक्ने हुन्छौं । अब आखा खोलौ कृष्णनगरमा छिटो सुख्खा बन्दरगाह बनाऔ । हाम्रो अर्थतन्त्रमा धेरै ठुलो प्रभाव पार्न सक्ने यो आयोजनाको लागि निरन्तर दबाब बढाऔ ।हामीले गर्नु छ अरुको आस गरेर हुदैन ।

प्रकाशित : ८ भाद्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६