अर्थ-वाणिज्य

१० ठेकेदार कालोसूचीमा :बुटवलको सडक अलपत्र पार्नेलाई उन्मुक्ति




बुटवल ८ भदौ। ठेक्का सम्झौता गरेर समयमा काम सम्पन्न नगर्ने १० निर्माण व्यवसायी कालोसूचीमा परे पनि बुटवलको ६ लेन सडक अलपत्र पार्ने ठेकेदारले भने उन्मुक्ति पाएका छन्। बुटवल–बेलहिया सडकलाई अलपत्र पार्ने ठेकेदार कम्पनीले पटक–पटक सूचना जारी गर्दा पनि बेवास्ता गरी अलपत्र पारेको छ। ठेक्का लिएको काम समयमै नसक्ने र निर्माण लागत बढाएर काम अलपत्र पार्ने कम्पनीलाई सार्वजनिक खरीद अनुगमन कार्यालयले कारबाहीसहित सूची सार्वजनिक गरेको छ।लामो समयदेखि आलोचना खेपेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको निर्माण कम्पनीसमेत कालो सूचीमा परेको छ। अनुगमन कार्यालयले बुधबार सार्वजनिक गरेको सूचना अनुसार अधिकारीको शैलुङ कन्स्ट्रक्सन निर्माण कम्पनीलाई तीन वर्ष कुनै काम गर्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रकाशित सूचनामा बुटवल बेलहिया सडकमा लापरवाही गर्ने द कञ्चनजङ्घा बिरुवा जेभी कन्स्ट्रक्सन प्रालिको नाम भने छैन। सडक बिभागले सो कम्पनीलाई उन्मुक्ति दिने योजना अन्तर्गत कालोसूचिका लागि सिफारिस नगरेपछि ठेकेदारले उन्मुक्ति पाएको हो।

प्रकाशित : ८ भाद्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६