प्रदेश

गुल्मीको छत्रकोटका बिद्यालयहरुमा मोवाइल निषेध



तम्घास १० भदौ । गुल्मीको छत्रकोट गाउँपालिकाले बिद्यालयमा मोवाइल फोन निषेध गर्ने निर्णय गरेको छ । गाउँपालिकाको गाउँ शिक्षा समितिको बैठकले बिद्यालयहरुमा मोवाइल फोनलाई निषेध गरिएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले जनाकारी दिनुभयो । अध्ययन, अध्यापनलाई अझै प्रभावकारी बनाउनका लागि यस्तो निर्णय गरिएको पाण्डेले बताउनुभयो ।
शिक्षक र बिद्यार्थीहरुले कक्षा कोठामै फेसबुक चलाउने, मोवाइलका आवाजहरुले अध्ययन, अध्यापनमै असहजता आउने अनुगमनका क्रममा पाइएकाले मोवाइल फोन बिद्यालयमा निषेध गरिएको पाण्डेले बताउनुभयो ।
बिद्यालयमा मोवाइल फोन निषेध गर्ने निर्णयलाई कार्यन्वयन गर्नका लागि प्रभावकारी रुपमा अनुगमन गर्ने र निर्णय कार्यन्वयन नगर्नेलाई कारवाही गर्ने पाण्डेले बताउनुभयो । गाउँपालिकाले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि योजनाहरु बनाएको भन्दै शिक्षा क्षेत्रलाई प्राथमिकताका साथ राखेर काम गर्ने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका भित्र ४८ वटा सामुदायिक बिद्यालयहरु रहेका छन् भने ४ वटा संस्थागत बिद्यालयहरु गरी ५२ वटा बिद्यालयहरु रहेको गाउँपालिकाले जनाएको छ । गुल्मी जिल्लामा ५५७ सामुदायिक बिद्यालय ५४ संस्थागत बिद्यालयहरु रहेका छन् । जिल्लामा करिब ६८ हजार बिद्यार्थीहरु रहेको शिक्षा बिकास तथा समन्वय इकाई गुल्मीका प्रमुख लोकनाथ मरासिनीले बताउनुभयो ।

प्रकाशित : १० भाद्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६