ब्रेकिंग न्युज

त्रिविद्धारा हुबहु प्रश्नपत्र निकाल्नेलाई कारबाही , नाम सार्वजनिक गर्न नमिल्ने



काठमाडौं, १२भदौ, त्रिभुवन विश्वविद्यालयले हुबहु प्रश्नपत्र निकाल्न संलग्न रहेकाहरूमाथि छानबिन गरी कारबाही गरिएको बताएको छ।आइतबार पत्रकार सम्मेलन गर्दै त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले गत वर्ष सोधिएको प्रश्नपत्र यसपालि परीक्षामा पनि हुबहु निकाल्नेहरूमाथि कारबाही गरिएको बताए।

‘हुबहु प्रश्न सोधिएकोबारे कारबाही गरिसकिएको छ। यो संवेदनशील विषय भएकोले नामचाहिँ सार्वजनिक गर्न मिल्दैन। सुरक्षाका कारणले हो। नाम सार्वजनिक गर्दा हुबहु प्रश्नपत्र निकाल्ने यो पो रहेछ भन्ने हुन्छ,’ उपकुलपति बाँस्कोटाले भने।त्रिविले गत जेठ १८ मा लिएको पब्लिक इकोनोमिक्स र २३ को इन्टरनेशनल पोलिटिक्स परीक्षामा प्रश्नपत्र पुरानै दोहोर्‍याएपछि विरोध भएको थियो।हुबहु प्रश्नपत्र तयार गर्ने र एउटा विषयको उल्लेख गरेर अर्कै प्रश्नपत्र तयार पार्नेमाथि छानबिन गरी कारबाही गरिएको उनले बताए। ‘तीन वर्षसम्म पठनपाठन र परीक्षाका काम गर्न उहाँहरूमाथि रोकेका छौं,’ उनले भने, ‘उहाँहरूलाई विभागीय कारबाही गरिसकिएको छ।’उनले अर्को प्रसंगमा कर्मचारी प्रविधिमैत्री नहुँदा इन्ट्रीलगायत काम गर्न समस्या भएकोले वार्षिक प्रणालीअन्तर्गत विभिन्न परीक्षाका परीक्षाफल एक वर्ष हुँदा पनि प्रकाशित गर्न नसकिएको दाबी गरेका छन्।

प्रकाशित : १२ भाद्र २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६