बिजनेस

लिटिल स्टारमा हुने एस.क्यु.सी कन्भेन्सनमा दुई सय बिद्यार्थी सहभागि हुने




कपिलवस्तु १५ भाद्र ।कपिलवस्तुको बाणगंगा ११ ओदारी स्थित हथौस लिटिल स्टार ईङ्गलिस बोर्डिङ्ग स्कुलमा एसक्युसीको हव कन्भेन्सन हुने भएको छ । गुणिय चक्र (एसक्युसी) को सातौं हव कन्भेन्सन १७ गते शुक्रवार हुने भएको हो । बिद्यार्थीहरुले भोगेका र देखेका परेका समस्याहरुको केस स्टडी मार्फत पहिचान गरी समस्या समाधानमा उनीहरुले गरेको प्रयासलाई सबै सामु सार्बजनिकीकरण गराईने छ ।यस्तै लुम्बिनी हबका संयोजक मिलन भण्डारीले कार्यक्रम बारे बताउदै बिद्यार्थीहरुले समस्याको पहिचान मात्रै होईन बैज्ञानिक र आधुनिक तरिकाले समस्या समाधान गर्न विद्यार्थी आफै सक्षम हुन यस कार्यक्रमले ठुलो टेवा पुग्ने बताउनु भयो ।

विद्यार्थीको निकट भविष्यमा पर्ने समस्या सँग विद्यार्थी आफै जुध्न सक्ने बताउदै उनीहरुमा विभिन्न प्रतिभाको विकास हुने बताउनु भयो । यस्तै हथौसा लिटील स्टार ईङ्लिस बोर्डिङ् स्कुलका प्र.अ सुन्दर पाण्डेले यस्ता कार्यक्रमले विद्यार्थीको सुनौलो भविष्य निर्माण हुने बताउदै विद्यार्थीको शिक्षा सँगै नेतृत्व विकासमा ठुलो सहयोग हुने बताउनु भयो । विद्यार्थीको पढ्ने, क्षमता र प्रतिभा खोज्ने प्रयासमा विद्यालय सधै लागि परेको बताउदै विद्यार्थीमा पढाइप्रति प्रोत्साहित गराउन यस कार्यक्रमले मद्दत पुग्ने विस्वास व्यक्त गर्नु भयो ।कार्यक्रममा बिद्यार्थीले कुनै बिषयवस्तुमा आधारित रही समुदाय स्तरमा प्रत्यक्ष सहभागि भएर खोजमुलक बिषयबस्तुलाई प्रस्तुत गर्ने छन् । जसबाट विद्यार्थीलाई नयाँ नयाँ विषयबस्तु बारे पनि अनुभव र जानकारी हुने छ ।

उक्त कार्यक्रममा एस.क्युसिमा आबद्ध रहेका रुपन्देहिको एक र कपिलवस्तुको १७ वटा बिद्यालय गरि १८ वटा बिद्यालयका करिब २०० जना बिद्यार्थी सहभागिता हुने छन् । कार्यक्रममा बिद्यार्थीले हाजिरीजवाफ, कथाको प्रस्तुतिकरण लगाएतका बिभिन्न ५ वटा बिधामा रहेर प्रतिस्पर्धा गर्ने छन् । सो कार्यक्रममा एस.क्यु.सिमा सदस्यता लिएका बिद्यालय मात्र सहभागि हुन पाउने बताईएको छ । भाद्र १७ गते हथौसा लिटील स्टार ईङ्लिस बोर्डिङ् स्कुलमा बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म हुने कार्यक्रममा लुम्बिनी प्रदेशका सार्बजनिक लेखा समितीका सभापति बिष्णृु पन्थीले उद्घाटन गर्ने बताईएको छ ।पत्रकार सम्मेलन कार्यक्रममा ज्ञानपुन्ज बोर्डीङ् स्कुल राजपुरका ब्यवस्थापक रोमाकान्त घिमीरे, ज्ञानज्योती बोर्डीङ् स्कुल बैदौलिका अध्यक्ष युवराज पोखे्रल, लुम्बिनी भिजन कलेजका सहायक प्र.अ मनोज कुमार खत्री, अन्नपुर्ण मा.बि कोपवाका प्र.अ मदन मल्ल लगाएत बिद्यालयका शिक्षक , पत्रकारहरुको सहभागिता रहेको थियो ।

विद्यार्थी गुणीय चक्र के हो त ?
सर्वप्रथम त यसको नामाकरणलाई हेरौं । ‘गुणस्तर’ ले एक प्रकारको सीमा तोकेको हुन्छ भने ‘गुणीय’ले क्रमिक सुधार जनाउँछ। र चक्र भन्नाले समानता र समदुरी जनाउँ छ । सिधा रेखामा कोही अघि कोही पछि हुन्छन भने चक्रमा केन्द्रबाट सबै बराबरको दुरीमा हुन्छन। यसले कोही सानो वा ठूलो नभएर सबै बराबर र उत्तिकै महत्वपूणर् हुन भन्ने जनाउँछ । यसको सुन्दर पक्ष भनेकै यही हो। जुन समतामुलक समाजको हामी परिकल्पना गरिरहेका छौं त्यो कोरा भाषण वा सिध्दान्तका कुरा गरेर प्राप्त हुनेवाला छैन। साना कलिला विद्यार्थीलाई यसको अभ्यास गर्न सिकाएर मात्रै हुन्छ ।

यसले काम कसरी गर्छ ?
यस गतिविधिमा विद्यार्थीहरूको ४ देखी १० जना सम्मको समूह हुन्छ, जुन विद्यार्थी आफैले बनाउँछन । उनीहरूलाई आफ्ना वरीपरी भएका समस्याको वैज्ञानिक अनुसन्धानात्मक विधि प्रयोग गरेर हल गर्न सिकाइन्छ। यसमा सर्वप्रथम विद्यार्थीहरूले आफ्ना समस्या पहिल्याउँछन। ती समस्याहरू स्कूल वा घरसंग सम्बन्धित हुन सक्छन जस्तै स्कूलमा प्राङगण फोहर हुने, विद्यार्थीहरू छाडा कुरा बोल्ने, ठूला कक्षाकाले साना कक्षाकालाई हेप्ने, धम्क्याउने आदि र घरमा भएका समस्यामध्ये अत्यधिक टिभी हेर्ने, बाउआमाको झगडाले गर्दा केटाकेटीको पढाईमा असर पर्ने आदि जस्ता समस्या ब्रेनस्टर्मिङको तरिका प्रयोग गरेर पहिल्याउँछन।

त्यसपछि समूहका प्रत्येक सदस्यले यसरी जम्मा भएका समस्याहरूलाई मत दिएर जुन समस्याले सबभन्दा बढी मत पाउँछ त्यसलाई त्यस समूहको साझा समस्या मानेर अन्य वैज्ञानिक विधि जस्तै चेकशिट, हिस्टोग्राम, बार डाइग्राम, फ्लो चार्ट्, परेटो डाइग्राम, ईशीकावा (कज एण्ड ईफेक्ट वा फिशबोन) डाईग्राम, स्क्याटर डाइग्राम आदि प्रयोग गरेर समस्याको गहिराईमा पुगेर तिनका कारण र निवारण निर्धारण गर्छन र आफूले अध्ययन गरेको समस्याको समाधान निकाल्छन। समाधानलाई कार्यान्वयन गरे पछि त्यसको न्यूनिकरण भएको तुलनात्मक अध्ययन गरेर मापन गर्छन र यसको असरको मूल्याङकन गर्छन। कपिलवस्तुमा यो नयाँ विषय भएको हुदाँ पत्रकारहरुले विशेष चासोका साथ कार्यक्रमको जानकारी लिएका थिए ।

कार्यक्रममा जानकारी गराए अनुसार समस्या समाधानको एक चक्र पूरा गरी सके पछि फेरी अर्को समस्या र अर्को चक्र आरम्भ हुन्छ। समस्या समाधानको यस्तो प्रक्रियाबाट विद्यार्थीले व्यक्तित्व विकास र नेतृत्व क्षमताको विकास गर्छन। यसबाट विद्यार्थीले हचुवाको भरमा समस्याको समाधान नखोजी वैज्ञानिक विधि अपनाउन, समूहमा मिलेर अर्काको विचारको कदर गर्दै सुमधुर सम्बन्ध कायम गर्न, रचनात्मक सोचको विकास गर्न, आत्मविश्वास विकास गर्न, सार्वजिनक रुपमा आफ्ना कुराहरू राख्न र त्यसको प्रभावकारी सम्प्रेषण गर्ने जस्ता शिपहरू सिक्छन। समस्या समाधान त यस प्रकृयाको साधन मात्र हो, साध्य त बच्चालाई चतुर र असल बनाई एक सम्पूणर् मानवको रुपमा योग्य र असल नागरिक निर्माण गर्नुे अध्यन विधि हो ।

प्रकाशित : १५ भाद्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६