अर्थ-वाणिज्य

एस क्यू.सी. कन्भेन्सन सफल ,कपिलवस्तुमा अवको पुस्तालाई शिक्षाको लाभैलाभ :सभापति पन्थी




भगवती न्यौपाने

कपिलवस्तु १८ भदौ ।कपिलवस्तुमा शिक्षा क्षेत्रमा भएको उत्साहजनक प्रगतीले अवको पुस्ताले ठूलो लाभ पाउने लुम्विनी प्रदेश सार्वजनिक लेखा समिती सभापति एवम सांसद विष्णु पन्थीले वताउनु भएको छ । उहाले वद्यार्थीलाई शिक्षा सँगै विभिन्न अतिरिक्त क्रियाकलापको पनि आवश्यक पर्ने बताउनु भएको छ । कपिलवस्तु जिल्लाकोे वाणगंगा नगरपालिका वडा नम्बर ११मा रहेको हथौसा लिटिल स्टार ईङ्गिस बोडिङ स्कुलमा ७ औँ हब कन्भेन्सन अर्थात बिद्यार्थी गुणिय चक्र कार्यक्रमलाई सम्बोद्धन गर्दै उहाँले यस्तो बताउनु भएको हो । विद्यार्थीको चौथफि विकास सँगै शिक्षाको गुणस्तर बृद्धि गर्न यस कार्यक्रमले धेरै टेवा पुग्ने उहाँले बताउनु भयो । विद्यालयले कितावी ज्ञान सँगै विद्यार्थीलाई हरेक क्रियाकला सँग जुध्न सक्ने जनशक्ति उत्पादन गर्नु अहिलेको आवश्यत रहेको उहाँले तर्क गर्नु भयो ।


लुम्बिनी हवका कोडिनेटर तथा कार्यक्रम संयोजक कार्यक्रमका अध्यक्ष मिलन भण्डारीले कार्यक्रमको बारेमा बताउदै एस. क्यु. सी.अन्र्तरगत विद्यार्थीहरुले समस्या छनौट गरि समस्याका कारण, मुल जरा, पत्ता लगाई समुहमा मिलेर समस्या समाधानका उपाएहरु आधुनि र वैज्ञानिक ढङगले पहिल्याउदै समस्या समाधान गर्न सक्ने क्षमता अभिवृद्धि गर्न यस कार्यक्रमले मदत पुग्ने बताउनु भयो । विद्यार्थीको निकट भविष्यमा पर्ने समस्या सँग विद्यार्थी आफै जुध्न सक्ने बताउदै उनीहरुमा विभिन्न प्रतिभाको विकास हुने बताउनु भयो ।त्तगभकत नेपालका केन्द्रिय अध्यक्ष सुरीना सुनयनी गुरुङगले विद्यार्थी गुणीय चक्रले विद्यार्थीलाई नयाँ उजा थप्दै समाज रुपान्तरणमा सहयोग पुग्ने बताउदै विद्यार्थीको शिक्षा सँगै नेतृत्व विकासमा ठुलो सहयोग हुने बताउनु भयो ।


जिल्ला समन्वय कपिलवस्तु एकाई प्रमुख बाबुराम आचार्य र सायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले विद्यार्थी गुणीय चक्र अर्थात विधार्थी क्वालिटि सर्कल कार्यक्रमले नेतृत्व र ब्यक्तित्व विकासमा सहयोग पुग्ने बताउदै सामुदायिक विद्यालयका विद्यार्थी पनि यस्ता कार्यक्रममा सहभागि हुनु पर्ने बताउनु भयो ।वाणगंगा नगरपालिकाका मेयर चक्र पाणी अर्याल शिक्षा शाखा प्रमुख खिमबाहादुर जिसिले विद्यार्थीलाई शैक्षिक गुणस्तरमा नयाँ आयम थप्ने बताउदै विद्यार्थी गुणीय चक्रले देशमा असल नागरिकको रुपमा विकास गराउन मदत पुग्ने बताउनु भयो । साथै यस कार्यक्रमले विद्यार्थीमा लिडर सिपकोे विकास मात्रै होईन नगरको शिक्षा क्षेत्रमा समेत थप उर्जा थप्ने विश्वास व्यक्त गर्नु भयो ।
नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बर शर्मा, प्याब्सनका केन्द्रिय सखस्य शिव गैरे, त्तगभकत नेपालका सल्लाकार दिपक गौतम लगायतले बोल्दै विद्यार्थीलाई नयाँ नयाँ कुराको जानकारी गराउदै देशको असल नागरिक बन्नाउन यस कार्यमको महत्व अति नै रहेको बताउनु भयो । हथौसा लिटील स्टार ईङ्लिस बोर्डिङ् स्कुलका पिन्सीपलले सुन्दर पाण्डेले स्वागत मनतव्य राख्दै कार्यक्रमले विद्यार्थीको सुनौलो भविष्य निर्माणमा सहयोग पुग्ने बताउनु भयो । यस कार्यक्रमले विद्यार्थीको प्रतिभा प्रस्फुटन मात्रै होईन क्षमता अभिबृद्धि जानकारी दिनु भयो ।साथै उहाँले विद्यार्थीको पढ्ने, क्षमता र प्रतिभा खोज्ने प्रयासमा विद्यालय सधै लागि परेको बताउदै विद्यार्थीमा पढाइप्रति प्रोत्साहित गराउन यस कार्यक्रमले मद्दत पुग्ने विस्वास व्यक्त गर्नु भयो ।
विद्यालयका शिक्षक सर्वेज आलम खाँले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष डिलीराज भुषाल, प्याब्सनका केन्द्रिय,प्रदेश जिल्ला हुदै नगरका ..पदाधिकारी सल्लाकार लगायत उपाध्यक्ष विद्यालयका पिन्सीपल,सायक पिन्सीपल,शिक्षक प्रतिनिधि, एस. क्यु. सी.का मास्टर ट्रेनरहरु लगायत शैक्षिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।शुक्रवार भएको कार्यक्रममा क्विज, हिज्जे र अन्य गरि विधा गरि ५ विधामा प्रतियोगिता भएको छ । १९ वटा विद्यालयका विद्यार्थीले भाग लिएको प्रतियोगितामा करिव २ सय बढी विद्यार्थीले भाग लिएका छन् । यस कार्यक्रमले विद्यार्थीहरुलाई श्रजनशिल बनाउन यस कार्यक्रमले महत्वपुर्ण टेवा पु¥याउने र अन्र्तराष्ट्रिय स्तरका विधार्थीहरुसँग प्रतिस्पर्धामा भाग लिन पाउने हुदाँ कपिलवस्तुमा यो कार्यक्रम आयोजना गरिएको हो । बिद्यार्थीहरुले भोगेका र देखेका परेका समस्याहरुको केस स्टडी मार्फत पहिचान गरी समस्या समाधानमा उनीहरुले गरेको प्रयासलाई सबै सामु सार्बजनिकीकरण गराईएको थियो । जसबाट विद्यार्थीलाई नयाँ नयाँ विषयबस्तु बारे पनि अनुभव र जानकारी हुने छ ।

प्रकाशित : १८ भाद्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६