प्रदेश

कक्षा १२ को कानून संकायतर्फ बुटवलस्थित काालिका मानवज्ञानकी प्रशंसा नेपाल प्रथम भएको दावी



बुटवल १८ भाद्र। कक्षा १२ को कानून संकायतर्फ बुटवलस्थित काालिका मानवज्ञानकी प्रशंसा पाण्डे नेपाल प्रथम भएको विद्यालयले दावी गरेको छ।
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा हालसम्म प्रशंसाकै नतिजा अगाडि रहेको बताउँदै कानून संकायमा आफ्नो विद्यायलय प्रथम भएको विद्यालयले दावी गरेको हो ।
विद्यालयकी छात्रा पाण्डेले ३।८४ जिपिए प्राप्त गरेको र सो सरह वा बढी अन्य विद्यार्थीले प्राप्त गरेको बारे जानकारी नभएको विद्यालयका कानून संकायका संयोजक युवराज कंडेलले बताए ।
यसपटक ननग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशन गरिएको छ । सार्वजनिक नतिजाअनुसार ३।६१ देखि ४।० जीपीए ल्याउने विद्यार्थीको संख्या ४ हजार १ सय ७९ रहेको छ ।
गत जेठ १५–२५ मा सञ्चालन भएको कक्षा १२ को परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार ८ जना र ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १ सय ३२ जना गरेर जम्मा ३ लाख ९६ हजार १ सय ८५ जना परीक्षार्थी सहभागी भएका थिए ।

प्रकाशित : १८ भाद्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६