प्रदेश

रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा शुल्क नबुझाएको भन्दै परीक्षाहलबाटै विद्यार्थी निकालिए



बुटवल २० भाद्र। रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसबाट शुल्क नबुझाएको भन्दै विद्यार्थीलाई परीक्षा दिनबाट बञ्चित गरिएको छ । विएस्सी सिएसआईटी तर्फको छैटौं सेमेस्टरका ३ विद्यार्थीलाई आइतबार भएको परीक्षाहलबाट निकालिएपछि विद्यार्थीहरुले बिरोध जनाएका छन् ।
यही भाद्र १६ गतेदेखि सुरु भएको परीक्षाको दोस्रो दिन परीक्षा दिन कक्षामा पुगेका ३ जना विद्यार्थीको हातबाट पेपर खोसेर निकाला गर्ने काम भएको पीडित विद्यार्थी आनन्द मिश्रले ग्लोबल आवाजसँग गुनासो गरे । उनीसँगै अमन सिं र सञ्जिव अधिकारीले परीक्षा दिन नपाई आइतबार घर फर्किनु परेको छ । ‘विएस्सी सिएसआइटी पोग्राम कोडिनेटर दिनेश मिश्रको निर्देशनमा हाम्रो हातबाट पेपर थुत्ने काम भयो ।’–पीडित विद्यार्थी आनन्द मिश्रले भने, ‘परीक्षा जस्तो संवेशनशिल विषयमा क्याम्पसले हाम्रो समस्या बुझिदिएन ।’ परीक्षार्थीहरुलाई बाहिर निकालेर समस्या समाधानका लागि क्याम्पस प्रमुख अनिल कुमार झासँग कुरा राख्न संयोजक मिश्रले निर्देशन गरेका थिए । यद्यपी उक्त सयम क्याम्पसप्रमुख त्यहाँ उपस्थित नभएका कारण विद्यार्थीहरुले आफ्नो समस्या राख्न नपाउनुका साथै परीक्षा दिनबाट बञ्चित भएका छन् ।
समयमा शुल्क नतिरेकै भरमा एक्कासी विद्यार्थीलाई परीक्षाहलबाट निकाल्ने काम अमानवीय र निन्दनीय कार्य भएको क्याम्पसको विद्यार्थी संगठन अनेरास्ववियु अध्यक्ष सागर न्यौपानेले बताए । विद्यर्थीहरुले शुल्क नबुझाएको विषयमा छलफल गरी समाधान गर्न सकिने अवस्थामा समेत क्याम्पस संयोजकले नियतबस विद्यार्थीलाई परीक्षाबाट पञ्चित गरेको उनको आरोप छ ।

प्रकाशित : २० भाद्र २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६