प्रदेश

नेपाली शिक्षालाई सीपसँग जोडेर विश्वस्तरमा पुर्‍याउनुपर्नेमा प्रचण्डको जोड



महोत्तरी, २० भाद्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको शिक्षा विश्वस्तरमा पहिचान गराउने किसिमको हुनुपर्ने बताउनुभएको छ ।

आज सोमवार महोत्तरीको निर्मल लामा बहुप्राविधिक शिक्षालय खयरमाराको भवन शिलान्यास सामारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले शिक्षालाई सीपसँग जोडेर नेपाली शिक्षालाई विश्वस्तरमा पुर्‍याउनुपर्ने आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो शिक्षा विश्वस्तरमा पहिचान गराउने किसिमको हुनुपर्छ । नेपालमा पनि सीप र आर्थिक विकासको पाटोसहितको शिक्षा हासिल गर्ने शिक्षालयको स्थापना हुनु आवश्यक छ । तसर्थ बहुप्राविधिक शिक्षालयको अहम् भूमिका रहेको छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले निर्मल लामा बहुप्राविधिक शिक्षालय मधेस प्रदेशमा मात्र सीमित नभइ यसले देशभरिकै शिक्षा क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ ।

कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल, शिक्षा राज्यमन्त्री बोधमाया यादव, पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेल, मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहको उपस्थिति रहेको थियो ।

प्रकाशित : २० भाद्र २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६