अर्थ-वाणिज्य

४ सामुदायिक तथा सस्थागत माविमा क्रान्तिकारीको तालाबन्दी




बुटवल २२ भदौ । चर्को शैक्षिक शुल्क, छात्रावृत्ति वितरणमा अपार्दशिता, शैक्षिक सामग्री विक्रिमा सिन्डिकेट लगायतका विरुद्धमा बुटवलका सामुदायिक तथा संस्थागत विद्यालयमा ताला लगाइएको छ । बुटवलको कालिका मानवज्ञान मावि, नविन औद्योगिक कदरबहादुर रिता मावि, कान्ति मावि तथा न्यूहोराइजन माविको लेखा शाखामा ताला लगाइएको हो । विद्यर्थाी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले मँगलबार विहान ती विद्यालयहरुमा आफ्ना माग सम्बोधन नभएको भन्दै तालाबन्दी गरेको हो । बुटवल उपमहानगरपालिकाको शिक्षा शाखालाई बोधार्थ गराउँदै संगठनले माग पूरा नहुँदासम्म चरणबद्ध आन्दोलन जारी राख्नेगरी तालाबन्दी गरिएको जनाएको छ । संगठनका जिल्ला अध्यक्ष पारस राहदीले क्रमैसँग जिल्लाका अन्य पालिकाहरुमा समेत आफ्नो आन्दोलन र संघर्षका कार्यक्रमलाई अगाडी बढाउने बताए ।
सामुदायिक विद्यालयहरुले अभिभावकहरुबाट सहयोग स्वरुप रकम लिन सक्ने भएपनि सोही बहाना बनाएर चर्को शैक्षिक सुल्क उठाउने गरेको उनको आरोप छ । यसैगरी राज्यले निशुल्क उपलब्ध गराउने शिक्षा जस्तो संवेदनशिल विषयमा विद्यालयहरुले मनोमानी शुल्क असुल्नुका साथै शैक्षिक सामग्रीहरु खरिदका लागि समेत एकै ठाउँबाट खरिद गर्नुपर्ने गरी अप्रत्येक्ष रुपमा सिन्धिकेट लगाइएको संगठनको आरोप छ । यसैगरी निजी शैक्षिक संस्थाहरुले महङ्गो शैक्षिक शुल्क अुल्नुका साथै विद्यालयमा अनिवार्य उपलब्ध गराउनु पर्ने शैक्षिक छात्रावृत्ति पारदर्शी नभएको आरोप लगाइएको छ । विद्यालयमा लागेका तालाबन्दी खुलाउनका लागि आन्दोलनरत पक्षसँग एक चरणको छलफल भइसकेको बुटवल उपमहानगरका शिक्षा शाखा प्रमुख मित्रमणी खनालले बताएका छन् ।

प्रकाशित : २२ भाद्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६